लिखित परीक्षामा पास भएँ भने अन्तर्वार्तामा अनुभव बापतको अंक पाउँछुु कि पाउँदिनँ ?

म एक अस्थायी शिक्षक हुँ । मैले गत असार २९/३० गते भएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा दिइसकेको छु । अब, त्यो लिखित परीक्षामा पास भएँ भने अन्तर्वार्तामा अनुभव बापतको अंक पाउँछु कि पाउँदिनँ ?
विष्णुप्रसाद भट्टराई
त्रिभुवन आ.वि. देउमाई नपा ९ इलाम

– शिक्षक सेवा आयोग नियमावली २०५७ को दफा (क) मा समान तहको(प्राथमिक तह पढाएकोले प्राथमिककै र माध्यमिक तह पढाएकोले माध्यमिककै परीक्षा दिँदा) अस्थायी वा राहत अनुदान कोटा अन्तर्गतको शिक्षकको रुपमा काम गरेबापत प्रत्येक वर्षको एक नम्बरको दरले बढीमा १२ अन्तरवार्ता बापत अंक दिइने व्यवस्था छ । विष्णुप्रसादजीले लिखित परीक्षा पास गर्नुभएमा सोही अनुरुप अंक प्राप्त गर्नुहुनेछ ।  

दामोदर आचार्य
सूचना अधिकृत, शिक्षक सेवा आयोग
शिक्षक मासिक पूर्णांक १२६ बाट

नोट: तपाइँहरुसँग पनि शिक्षासम्बन्धी, शिक्षकलाई सेवा सम्बन्धी कुनै प्रश्न छ, तर त्यसको जवाफ पाइरहनुभएको छैन भने, हामीलाई पठाउनुस्, हामी सम्बन्धित व्यक्ति, निकायसँग सम्पर्क गरी तपाइँको जिज्ञासा समाधान गरिदिन्छौं ।

:1820 Views

2 thoughts on "लिखित परीक्षामा पास भएँ भने अन्तर्वार्तामा अनुभव बापतको अंक पाउँछुु कि पाउँदिनँ ?"

  1. तिलक तिम्सिना says:

    4 बर्षा 8 महिना पधअयेको शिक्षक ले कति अम्क पाउछ अनुभव बापत

  2. तिलक तिम्सिना says:

    4 बर्ष 8 महिना पधअयेको शिक्षक ले कति अम्क पाउछ अनुभव बापत

Leave a Reply