आधुनिक गायनमा कपनकी निमा प्रथम

काठमाडौं, २ असोज । उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिताको उपाधि कपनस्थित साम्तेन मेमोरियल स्कुलकी छात्रा निमा साङगमु शेर्पाले पाएकी छन् ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा भएको प्रतियोगितामा वरिष्ठ गीतकार कालिप्रसाद रिजालले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।
काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा भएको दोस्रो प्याब्सक एकल आधुनिक गायनमा कपनकै शारदा एकेडेमीका छात्र अर्पन राई दोस्रो र तिरुपति इङलिस स्कुलका छात्र धुव्र बिक तेस्रो भएका थिए । प्रतियोगीहरुको मूल्यांकन गायिका लोचन भट्राई र संगीतकार सूर्या थुलुङले संयुक्त रुपमा गरेका थिए ।
मेगा राउण्डबाट छानिएका २५ विद्यार्थीबाट उत्कृष्ट १० प्रतियोगीलाई मेडल र प्रमाणपत्र वितरित प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएकालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजारका साथ ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
:597 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव