विद्यालय कर्मचारीहरुको काठमाडौंकेन्द्रीत आन्दोलन सुरु, सिँहदरबार घेर्न पनि पछि नपर्ने

काठमाडौं २ असोज । आफूहरुमाथि चरम शोषण भएको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् ।
यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार आफ्ना माग पूरा गराउन कालो पट्टी बाँधेर काम गरेका उनीहरुले मंगलबार भने राजधानीमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
सर्वाेच्च अदालतले २०६७ सालमा विद्यालय कर्मचारीहरुको सेवा, शर्त र सुविधा निश्चित गरि सेवा कानुन बनाई लागु गर्नु भनि दिएको आदेश कार्यान्वयन नभएको र शिक्षा ऐनमा कर्मचारीहरुलाई झुक्याउने गरि अस्पष्ट व्यवस्था गरिएको भन्दै आन्दोलन थालेका उनीहरुको मागलाई सरकारले सुनुवाइ नगरेपछि राजधानीमा आएर प्रदर्शन गरिएको उनीहरुको भनाइ छ ।
संघीयता अनुरुपको शिक्षा ऐन बनाउँदा सबै कर्मचारीहरुको न्याय र संरक्षण हुनेगरी ऐन बनाउनुपर्ने, बिगतमा बिद्यालय कर्मचारीका संघ संगठनहरुसंग भएका सम्झौता, सहमतिहरु कार्यान्वन गर्नुपर्ने मागका साथ नेपाल विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले आन्दोलन चर्काएको हो ।
सो आन्दोलनमा सामुदायिक बिद्यालयमा कार्यरत बिद्यालय कर्मचारीहरु क्रमशः लेखापाल, कार्यालय सहायक, सहयोगी, लाइब्रेरियन, स्वीपर, गार्ड, पालेलगायतको सहभागिता छ ।
उनीहरुले शिक्षा ऐन आठौ ( संशोधन ) कार्यान्वन नगरी संघीय शिक्षा ऐनमा बिद्यालय कर्मचारीहरु मुद्दालाई नसमेट्ने षड्यन्त्र भइरहेकोले पनि राजधानीकेन्द्रीत आन्दोलन गर्न बाध्य भएको जनाएका छन् ।
आजबाट काठमाडौंमा सुरु भएको आन्दोलनअन्तर्गत उनीहरुले असोज ६ गतेसम्म धर्ना, दबाब दिने कार्यक्रम तय गरेका छन् ।
आन्दोलनरत पक्षको मागलाई सरकारले सुनुवाइ नगरे आमरण अनशन बस्ने तयारी समेत भइरहेको र सिंहदरबारलक्षित कार्यक्रम समेत गर्ने उनीहरुको भनाइ छ ।
:3021 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव