ग्लोबल टिचर्स अवार्ड निस्टकी प्रज्ञालाई

भक्तपुर । शिक्षा क्षेत्रको प्रतिष्ठित ‘ग्लोबल टिचर्स अवार्ड २०१८’ को उपाधी भक्तपुर निस्टकी ऐकेडेमीक हेड प्रज्ञा अधिकारीले जितेकी छिन् ।

भारतको नयाँ दिल्लीमा आयोजित एक भव्य समारोहमा उक्त अवार्ड प्रदान गरिएको थियो ।

शिक्षामा नयाँ प्रयोग, शिक्षाको माध्यमबाट बच्चामा र समाजमा पारेको सकारात्मक परिवर्तन लगायतका विविध पक्षहरुलाई लगातार ६ महिनाको अवलोकन, कार्यशाला आदिका मूल्याङ्कनका आधारमा विजयी छनौट गरिएको थियो ।

विश्वका २७ देशका शिक्षामा समर्पित व्यक्तिहरुलाई यस वर्षको उक्त अवार्ड प्रदान गरिएकोमा नेपालको तर्फबाट अधिकारीले अवार्ड जितेकी थिइन् । अवार्ड ए.के.यस. वल्डवाइडल नामक शैक्षिक संस्थाले प्रदान गरेको थियो ।

:677 Views

Leave a Reply