विद्यासंस्कारमा सांस्कृतिक नृत्य प्रतियोगिता

काठमाडौं । लाखेचौरमार्ग, नयाँबानेश्वरस्थित विद्या संस्कार स्कुलले अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय सांस्कृतिक नृत्य प्रतियोगिता २०७५को आयोजना ग¥यो ।
विद्या संस्कार स्काउट ट्रुपको सहकार्यमा गरिएको नृत्य प्रतियोगितामा उपत्यकाका १७ विद्यालयका स्काउट ट्रुपका विद्यार्थीले भाग लिएका थिए ।
सो कार्यक्रममा लभ्ली एन्जेल्स अंगे्रजी आवासीय विद्यालय प्रथम, हेम्स स्कुल द्वितीय र तिलिङ्गाटार मावि तृतीय हुनुका साथै प्यासिफिक एकेडेमी र बुढानिलकण्ठ मोडेल कम्युनिटी एकेडेमीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए भने गणेश माविका नृत्य निर्देशकले उत्कृष्ट नृत्य निर्देशकको उपाधि पाएको विद्यालयका प्रशासकिय प्रमुख प्रणय मोक्तानले बताए ।
प्राध्यापक तथा वरिष्ठ नृत्य निर्देशक हनी श्रेष्ठसहितको निर्णायक मण्डलले मूल्याङ्कन गरेको सो प्रतियोगिताका विजेताहरुलाई विद्यालयका निर्देशक एव्म संस्थापक प्रधानाध्यापक सुधिरकुमार झा लगायतले शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
:636 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव