विद्यार्थीलाई एक लाखको शैक्षिक सामाग्री र पोशाक

विराटनगर ३ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आइतबारेको जनकल्याण माध्यमिक विद्यालय र पच्चिविगेको शान्तिदेवी आधारभुत विद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ गरी जम्मा ९३ जना बिपन्न विद्यार्थीलाई करिव १ लाख मुल्य वरावरको सामाग्री प्रदान गरेका हुन् । प्रत्येक विद्यार्थीलाई आधा दर्जन कलम, आधा दर्जन कपी र विद्यालय पोशाक प्रदान गरिएको छ ।
जनकल्याणका शिशु कक्षादेखि कक्षा १० सम्मका बिपन्न विद्यार्थीलाई सो सामाग्री हस्तान्तरण गरिएको हो । शान्तिदेवीमा १ शिक्षिका र ९ जना बिद्यार्थी छन् । सो विद्यालयका सवै बिद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय पोशाकका साथै शिक्षिकालाई समेत पोशाक प्रदान गरिएको छ । त्यस्तैगरी डा.शर्माले विद्यालयलाई प्राथमिक उपचार सामाग्री पनि हस्तान्तरण गरे ।
सामाग्री हस्तान्तरणपछि बोल्दै डा.शर्माले बिपन्न बिद्यार्थीहरुलाई पढाईका क्रममा थोरै भएपनि राहत पुर्याउन सहयोग गरेको बताएका छन् । गरिवीका कारण कष्टपूर्ण तरिकाले बाल्यकाल विताएका डा.शर्माले सानो छदाको दुख कष्ट पनि स्मरण गरे । ‘नयाँ चप्पल किन्ने पैसा नहुँदा हिड्दा–हिड्दै खिइएर दुलो परेको सिएसी चप्पल लगाएर स्कुल जान्थे ।’ भावुक हुँदै डा.शर्माले भने ‘दुलो परेको चप्पल लगाएर हिड्नुपर्दा खुट्टा बिझाएको अहिले पनि झलझली याद आउँछ ।’
डा.शर्माले बिपन्न विद्यार्थीहरुलाई सक्दो सहयोग गर्न आफु तयार रहेको बताए । बालबालिकाको दाँतमा धेरै समस्या देखिने गरेको भन्दै डा.शर्माले जनकल्याण विद्यालयका सवै बिद्यार्थीलाई नोबेल अस्पतालमा लगेर निःशुल्क दाँत परीक्षण गर्ने र सफा गर्ने ब्यवस्था मिलाईदिने बताएका छन् । सो विद्यालयमा करिव ५ सय जना बिद्यार्थी छन् ।
डा.शर्माले यसअघि सुन्दरहरैचा–११ तिनमोहरीको आदर्श आधारभुत बिद्यालयका छात्रछात्रालाई पनि शैक्षिक सामाग्री प्रदान गरेका थिए । शर्माले आफ्नै लगानीमा चमार, डुम, झागड, मुसहर जस्ता जातिका सयौं बिद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा पढाउँदै आएका छन् । उनकै सहयोगका कारण नेपालमै पहिलो पटक सतार समुदायका युवाले एमवीवीएस उत्रिर्ण गरी डाक्टर बन्ने अवसर पाएका छन् ।
:868 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव