परीक्षार्थीले दुईप्रति हाजिरी फाराममा दस्तखत गर्नुपर्ने (यस्तो छ शिक्षक परीक्षाको निर्देशिका)

काठमाडौं ३ असोज । शिक्षक सेवा आयोगले खुला गरेको शिक्षक विज्ञापनबाट शिक्षक पदपूर्ति गर्न परीक्षा निर्देशिका निकालेको छ ।

यही असोज ११, १२ र १३ तोकिएको खुलातर्फ विज्ञापनबाट शिक्षक पूर्ति गर्न परीक्षा निर्देशिका बनाएको हो । निर्देशिकाले परीक्षालाई स्वच्छ, मर्यादित र विश्वसनीय रुपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा परीक्षा समन्वय समिति गठन गर्ने भएको छ । त्यसको संयोजकमा सम्बन्धित जिल्लाका प्रमुअ जिल्ला अधिकारी (सिडिओ) हुने उल्लेख गरेको छ ।

आयोगले तयार गरेको परीक्षा निर्देशिकाअनुसार सिडिओको संयोजकत्वमा ५ सदस्ययीय परीक्षा समिति हुने भएको छ ।

शिक्षक सेवा आयोगले लिने परीक्षा समितिका सदस्यहरुमा प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख र सदस्य सचिवमा शिक्षा विकास तथा सन्वय ईकाइमा प्रमुख रहने भएको छ ।

निर्देशिकामा निरीक्षकको काम, कर्तव्य अधिकार खण्डमा २२ वटा वुंदाहरु उल्लेख छन् । तिनीहरुमध्ये परीक्षा सुरु भएको ४५ मिनेट बितेपछि आउने परीक्षार्थीलाई परीक्षा हलभित्र पस्न नदिने पनि उल्लेख छ ।

त्यस्तै परीक्षार्थीले दुईप्रति हाजिरी फाराममा दस्तखत गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

आयोगका प्रवक्ता दामोदर आचार्यले एउटा केन्द्रमा १ केन्द्राध्यक्ष, २ सहायक केन्द्राध्यक्ष रहने बताए । आचार्यले स्थायी शिक्षक खुला विज्ञापनको परीक्षाको लागि ३४ वटा जिल्लामा मात्र गर्न लागिएको बताउँदै असोज ११ गते मावि तहको, १२ गते निमाविको र र १३ गते प्राविको तोकिएको बताए ।

:3246 Views

Leave a Reply