४८ घन्टा नबित्दै स्कुलमा अर्को चोरी

भक्तपुर । भक्तपुरको डोलेश्वर आधारभूत विद्यालयका हप्तादिनमा तीनपटक चोरी भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८को सो विद्यालयमा भदौको २८, ३० र असोज ३ गते राती गरी हप्तादिनमै तीनपटक चोरी भएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कायष्ठले विद्यालयमा हप्तादिन नबित्दै चोरी भएको बताए ।

‘आज स्कुल बिदा भए पनि स्कुलमा टेलिफोन जडान गर्नका लागि गएको थिएँ, त्यहीबेला तोडफोड गरिएको पाएँ, आज त आगजनी समेत गरिएको पाएँ ।’ प्रअ ध्वँजूले भने ।

उनले हप्तादिन नबित्दै दोस्रोपटक चोरी भएपछि सीसी क्यामेरा जडान गरे पनि चोरी भएको बताए । ‘सीसी क्यामेरा राखेको ४८ घन्टा बित्न नपाउँदै अर्को चोरी भएको छ, यसले के गर्ने ? कसो गर्ने चिन्ता लागेको छ ।’ उनले भने । प्रअ ध्वँजूले सो विषयमा जगाती प्रहरीलाई जानकारी दिँदा पनि खासै वास्ता नगरेको पनि दुखेसो पोखे ।

अज्ञात व्यक्तिले चोरीसँगै विद्यालयमा आगजनी समेत गरेका छन् । तेस्रो पटकको चोरीमा विद्यार्थीको टाइबेल्ट पोसाक, कापीकलम, किताव रहेको दुईवटा कोठाहरुमा आग्लागि समेत गर्यो ।

गत तीजको राति रु. एकहजार पाँचसय रुपियाँ चोरी भएको थियो भने त्यसको दुई दिनपछि अर्को चोरी भएको थियो ।

अज्ञात व्यक्तिहरुले विद्यालयको अक्षयकोष र चन्दाबाकस समेत फोडेर पैसा लगेका छन् । यतिमात्र नभएर उनीहरुले विद्यालयमा रहेको कलम, इरेजर पनि चोरेका छन् ।

विद्यालयमा पटकपटक चोरी भएपछि आज महानगरीय प्रहरी परिसर जगातिको प्रहरी बोलाएर चोरी विवरण र फिंगर प्रिन्टहरुसमेत संकलन गरिएको छ । प्रहरीले भने सो स्थान खुला भएको र विद्यालयमा कुनै पाले पनि नहुँदा त्यो समस्या दोहोरिएको आशंका गरिएको प्रअ कायष्ठले बताए । उनले प्रहरीले पनि सो विषयमा खासै ध्यान नदिएको बताए ।

:710 Views

One thought on "४८ घन्टा नबित्दै स्कुलमा अर्को चोरी"

  1. Jeevan suwal says:

    Principal Birendra Kyastha ho sir

Leave a Reply