इप्सन हस्तलेखन प्रतियोगिता सम्पन्न, मदरल्याण्ड स्कुलको वर्चस्व

भक्तपुर । इप्सन भक्तपुरका सदस्य विद्यालयका २७ जना विद्यार्थीहरु बीच भएको अंग्रेजी हस्तलेखन प्रतियोगितामा सुर्यविनायक नगरपालिका वडा ९, भातेढिकुरस्थित मदरल्याण्ड स्कुलका विद्यार्थीहरु प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । कक्षा ८ मा अध्ययनरत अन्जु त्रिपाठी प्रथम, सुरक्षा थापा द्वितीय र किमेश बस्नेत तृतीय भएका थिए । प्रतियोगितामा हिमाल एकेडेमीकी छात्रा ग्रीष्मा नगरकोटी सान्त्वना भएकी थिइन् । विजेता विद्यार्थीहरुलाई संविधान दिवसको दिन इप्सन राष्ट्रिय नृत्य प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई भक्तपुरका प्रमुख हरि प्रसाद दाहालले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता नगरकोट सनराइज स्कूलको आयोजनामा सम्पन्न भएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव