भक्तपुरमै पहिलो कृषि पढाइ हुने विद्यालय पुगेर मेयरले पढाए विद्यार्थी

भक्तपुर ५ असोज । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले शुक्रबार भक्तपुरको एक विद्यालयका विद्यार्थीलाई पढाएका छन् ।
भक्तपुर नगरपालिका वडा नं. २ ब्यासीमा रहेको बासु माध्यमिक विद्यालयले बाली विज्ञान र कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत विद्यार्थीलाई लक्षित गरी गरेको ‘अभिमुखीकरण’ मा मेयर प्रजापतिले पढाएका हुन् ।
सामुदायिक विद्यालयमध्ये कृषि विषयमा बाली विज्ञानको अध्यापन हुने उपत्यकामै पहिलो विद्यालय बनेको सो विद्यालयमा कृषि अध्ययनका लागि विभिन्न २६ जिल्लाबाट आएका ४० विद्यार्थी र कम्प्युटर इञ्जिनियरिङ अध्ययन गरिरहेका ४० विद्यार्थीलाई पढाइको औचित्यता सम्बन्धी जानकारी दिए ।
‘देशको अर्थतन्त्र गिर्दो छ, मेरो पढाइ देशको कुन क्षेत्रको उत्थानका लागि सहयोगी बन्न सक्छ भन्ने सोचका साथ अध्ययन गर्नुपर्छ’ उनले भने, ‘नेपाल कृषिको ठूलो सम्भाव्यता भएको देश हो, यो सम्भाव्यतालाई मध्यनजर गरी आपूmले के गर्न सकिन्छ ? भन्ने मनमा राखेर पढ्नुपर्छ ।’
उनले आजका विद्यार्थी नै भोलिका देशका मुख्य आधार भएकाले विद्यार्थी अनुशासित, इमान्दार हुनुपर्नेमा पनि जोड दिए । पढेपछि विदेश जाने, रोजगारीका लागि स्वदेश छाड्ने विषयले देशको हित नहुने भएकाले आफ्नै देशमा केही गर्छु भन्ने भावना विद्यार्थीसँग हुनु जरुरी रहेको उनको भनाइ थियो ।
मेयर प्रजापतिले देशको उच्च ओहोदा र सरकारमा गएका दलका नेताहरुले देशको शिक्षाको विकासको लागि दीगो योजना ल्याउन नसक्दा देशका शैक्षिक बेरोजगार बढिरहेको चर्चा गरे । उनले भक्तपुर नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखी शिक्षामा देशकै उदाहरणीय काम गरेको बताए ।
कृषिको विकासका लागि नयाँ पुस्ता अघि सर्नुको विकल्पा नभएको उनको भनाइ थियो । उनले कृषि र प्रविधिलाई एकअर्काको पुरक बनाउन नयाँ पुस्ताले नै भूमिका खेल्नुपर्नेमा जोड दिए ।
सोही अभिमुखीकरणमा भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष एवं सोही विद्यालयका पूर्व शिक्षक हरिप्रसाद बासुकलाले कृषिमार्फत् देशलाई समृद्धितर्फ लग्न सकिने सम्भावना रहेको बताए भने इञ्जिनियरिङ समाज नेपालका अध्यक्ष एवं ख्वप इञ्जिनियरिङ कलेजका सहप्राचार्य रवीन्द्र फोँजूले पनि विद्यार्थीले कृषि पढ्नुपर्ने आवश्यकताबारेमा बोलेका थिए ।
अभिमुखीकरणमा विद्यालयकी प्रधानाध्यापक अम्बिका न्याइच्याईं, शिक्षक सनि ख्याजू र आयुष दुमरुले पनि कृषि र कम्प्युटर विषय अध्ययनले हुने लाभ र पाइने अवसरबारेमा बोलेका थिए ।
शिक्षक ख्याजूले सिटीइभिटीबाट सम्बन्धन प्राप्त विद्यालयमध्ये कृषि पढाइ हुने राजधानीकै पहिलो विद्यालय बासु रहेको जानकारी दिए । उनले कृषिमा नयाँ पुस्ताको आर्कषण बढेको पनि उल्लेख गरे । उनका अनुसार पढ्दै काम गर्दै गर्न पाउने र पढाइलगत्तै रोजगार पाइने कारण कृषिमा आर्कषण बढेको हो ।
:1331 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव