शिक्षा विधेयक प्रमाणिकरण, सही भने खाली(ऐन सहित)

हरिसुन्दर छुकां/ काठमाडौं ७ असोज । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५ प्रमाणिकरण भएको छ ।
असोज २ गते नै प्रमाणिकरण भएको विधेयक संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ । सो सचिवालयले सार्वजनिक गरेको सो विधेयकमा भने राष्ट्रपतिको हस्ताक्षर छैन ।
ऐन नम्बर १६ नाम दिइएको सो विधेयक प्रमाणिकरण भएसँगै ऐन बनेको छ । कूल २१ पृष्ठको सो ऐनको पेज नं. २१ को पुछारमा बायाँतिर सभामुख कृष्णबहादुर महरा र दायाँ भागमा राष्ट्रपति विद्यादेवी भण्डारीको दस्तखत हुनुपर्नेमा दस्तखतै नभएको विधेयक संसद सचिवालयले आफ्नो वेभसाइटमार्फत् सार्वजनिक गरेको छ ।
कोठा बनाएर प्रमाणिकरण गर्दछु भनेको भागमा सही देखिँदैन । सचिवालयका उपसचिव अधिराज राईले गत असोज २ गते नै सही भएको बताए । ‘हाम्रो अफिसियल वेभसाइटमा आइसकेपछि आधिकारिक भइसक्यो, पहिला यो पनि थिएन, अहिले यो व्यवस्था गरेका छौं, राष्ट्रपतिजस्तो व्यक्तित्वको सही किन सस्तो बनाउने भनेर हामीले सही बिनै विधेयक राखेका हौं ।’ उपसचिव राईले भने ।
उनले विधेयक प्रमाणिकरण भएसँगै ऐन बनेको भए पनि राजपत्रमा प्रकाशित भएपछि भने पूर्ण रुपमा कार्यान्वयनमा आउने ऐन बन्ने बताए ।
ऐनका लागि यहाँ जानुहोस् :http://hr.parliament.gov.np/np/bills/2C8mgknM
:1542 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव