शिक्षक परीक्षाको तयारी पूरा, परीक्षामा नयाँ व्यवस्था

भक्तपुर । आगामी बिहीबार अर्थात् असोज ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने शिक्षक परीक्षामा १२ हजार ७३९ पदका लागि करीब दुई लाख ७५ हजार परीक्षार्थीले स्पर्धा गर्ने भएका छन् ।
प्राविमा एक लाख ५५ हजार, निमाविमा ८१ हजार र माविमा ३९ हजार परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षालाई मर्यादित बनाउनका लागि जुन जिल्लाबाट परीक्षा फाराम भरेको हो सोही जिल्लाबाट परीक्षा दिन नपाइने नयाँ व्यवस्था गरिएको छ ।
परीक्षा सञ्चालनका लागि एक हजार २ सय ३२ केन्द्राध्यक्ष र दुई हजार ४ सय ६४ सहायक केन्द्राध्यक्षसहित करीब १४ हजार कर्मचारी आवश्यक पर्ने भएको शिक्षक सेवा आयोगले जनाएको छ ।
परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताए ।
परीक्षा सञ्चालनको सबै काम सकिएको जनाउँदै उनले परीक्षार्थीलाई ढुक्क भएर परीक्षामा सामेल हुन परीक्षार्थीलाई समेत आग्रह गरेका छन् ।
असोज ११ गते माध्यमिक तह, १२ गते निम्नमाध्यमिक तह र १३ गते प्राथमिक तहको परीक्षा हुँदैछ । उनका अनुसार सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ भने प्रश्नपत्र परीक्षा हुनुभन्दा एक दिन अगाडि मात्र पुग्ने छ ।
परीक्षाको तयारीको शनिबारदेखि सोमबारसम्म शिक्षा विकास तथा जिल्ला समन्वयका प्रमुख र केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी तालीमसमेत दिइएको छ । परीक्षामा ३४ जिल्लामा एक हजार २३२ परीक्षाकेन्द्र निर्धारण गरिएको छ ।
:2690 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव