शिक्षक परीक्षा साढे १ बजे, फोटो खिचे कारबाही !

भक्तपुर । खुला विज्ञापन अन्तर्गतको शिक्षक परीक्षा आज हुँदैछ ।

परीक्षाको सम्पूर्ण तयारी पूरा सकिएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ । आज असोज ११ गते माध्यमिक तहको परीक्षा हुँदैछ भने १२ गते निमावि तहको र १३ गते प्रावि तहको परीक्षा हुँदैछ । परीक्षा आज दिउँसो साढे १ बजेबाट हुनेछ ।

आजको परीक्षामा भने १ हजार १०८ पदका लागि ३९ हजारले आवेदन दिएका छन् । भोलि अर्थात् असार १२ गते हुने निमावि तहको परीक्षाका लागि १ हजार ६२५ पदमा ८१ हजार जना र१३ गतेको प्राथमिक तहतर्फ ९ हजार ९ सय ९६ पदका लागि १ लाख ६० हजार जनाले आवेदन दिएका छन् ।

आयोगले परीक्षाका लागि ३४ जिल्लामा परीक्षा केन्द्र तोकेको छ । केन्द्रका लागि केन्द्राध्यक्ष, निरीक्षक निर्धारण भइसहेका छन् , त्यसको समन्वय जिल्लास्थित परीक्षा समन्वय समितिले गर्नेछ ।

आयोगका प्रशासकीय प्रमुख डा.तुलसीप्रसाद थपलियाका अनुसार परीक्षाका लागि १ हजार २ सय ३२ परीक्षाकेन्द्र तय भएका छन् भने प्रत्येक परीक्षाकेन्द्रमा १ केन्द्राध्यक्ष र २ सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि लगभग १५ हजार जनशक्ति परिचालन गरिएको आयोगले जानकारी दिएको छ ।

आायोगले परीक्षामा कडाइ गरेको शिक्षा समन्वय इकाई भक्तपुरका प्रमुख हरि दाहालले बताए । उनका अनुसार परीक्षा हलको कुनै पनि व्यक्तिले फोटो लिन पाइँदैन ।‘परीक्षार्थीले मात्र नभएर केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष, कोहीले पनि फोटो खिच्न पाइँदैन् त्यसो भएको खण्डमा आयोगको नियमानुसार कारबाही हुन्छ ।’ उनले भने ।

प्रकाशित मिति : २०७५ असोज ११ गते ।

:782 Views

Leave a Reply