सबैलाई दशैं लागेको छ तर शिक्षा क्षेत्रमा दसा लागेको छ

शिक्षा क्षेत्र रोइरहेको छ । सबैलाई दशैं लागेको छ तर शिक्षा क्षेत्रमा दसा लागेको छ । सरकारी विद्यालयहरुको मात्रै कुरा गर्ने हो भने करिब तीन लाख जनशक्तिमध्ये असी हजारको हाराहारीमा रहेको स्थायी शिक्षकहरुको एउटा झुण्डले सत्ताको गुलामी गर्न मै ब्यस्त छ ।
बाँकी अस्थायी, राहत, उच्च मा.वि., बालविकास सहयोगी, लेखापाल, परिचर सबै आन्दोलनमा हुनुहुन्छ । एउटा उर्जाशिल उमेर अस्थायी र करार जागिरमा खर्चिएको करिब सवा दुई लाखको हराहारीमा रहेको यो अस्थायी, करार जनशक्तिको चिन्ता भनेकै पहिलो सेवाको सुरक्षा अनि पूरा तलब नै हो ।
चाडबाडको रौनकले सबैतिरबाट च्यापिरहेको बेलामा पनि काठमाडौंका सडकहरुमा भोकै पेट आन्दोलन गरिरहनु भएका मित्रहरुको कोलाहलले अझै सत्ताधारीहरुको मन छुन सकेको छैन । शिक्षा क्षेत्रमा कार्यरत दुई तिहाई बढी जनशक्तिको रोदन सुन्न र देख्न नसकेको सरकारका प्रतिनिधित्व गरेका भनाउँदाहरुले भाषण भने गर्न छोड्नुहुन्न, गुणस्तरीय शिक्षा भएन भनेर ।
ती अन्धा अनि बैरा नेताहरुलाई भोको पेटले हलो जोतिदैन भन्ने कुराको हेक्का भएकै हुनुपर्ने हो । राज्यको आवश्यकताले राखिएको जनशक्तिको यत्रो अपमान र अन्यायको जति नै बिरोध गरेपनि कम हुन्छ । तसर्थ मित्रहरु अब रुन छोडौं, संयुक्त अस्थायी, करार संघर्ष समिती बनाउनेतर्फ नेतृत्वमा रहनु भएका मित्रहरुले पहल गरौं । भाइ फुटे गवाँर लुटे, चेतना भया ।
- रामप्रसाद ढकाल, ढकालको फेसबुकबाट ।
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव