आयोग परीक्षा लिने, अस्थायी चाहिँ स्कुल बन्द गर्ने ! फेरि स्कूल बन्दको घोषणा

काठमाडौं ११ असोज । लामो समयदेखि अस्थायी शिक्षक व्यवस्थापन हुन सकिरहेको छैन । शिक्षक सेवा आयोगले भने अस्थायी शिक्षक व्यवस्थापनको बाटो सहज बनाउनका लागि भन्दै परीक्षा लिएको छ । तर अस्थायी शिक्षकहरु भने विभिन्न माग राखी आन्दोलन गरिरहेका छन् ।

‘आन्तरिक कोटा आन्तरिकमैं समायोजन नगरी खुलामा लैजाने भएकोले हजारौं अस्थायी शिक्षक पास मार्क ल्याए पनि सरकारले विस्थापित गर्दैछ । एउटा अस्थायी शिक्षक ४० ल्याएर स्थायी हुने अर्को स्थायी शिक्षक ७० ल्याउदा पनि स्थायी हुन नसक्ने कस्तो असमानता ?’अस्थायी शिक्षक संघर्ष समितिका उपाध्यक्ष ज्योतिनारायण ढकालको प्रश्न छ । यसैले उनले आन्दोलनको क्रममा आगामी असोज १५ र १६ गते विद्यालय बन्दको कार्यक्रम तय भएको पनि जानकारी दिए ।

हाम्रो पटकपटकको आन्दोलन, सहमतिलाई सरकारले वेवास्ता गरेको छ, त्यो विरुद्ध र अस्थायी शिक्षकलाई न्याय दिलाउनका लागि पनि आगामी सोमबार र मंगलबार विद्यालय बन्दको आह्वान गरेका हौं ।’ उनले भने ।

उनीहरुले धेरैभन्दा धेरै परीक्षार्थीको लिखित परीक्षामा नाम निकाल्ने अवसर प्रदान गर्नका लागि विज्ञापन नम्बर १ र २ मा बढी भएका दरबन्दीहरु विज्ञापन नं. ३ मा परीक्षा दिने परीक्षार्थीहरुको व्यवस्थापनमा समायोजन गर्नुपर्ने, आन्दोलन वा अन्य विविध कारणले आन्तरिक परीक्षाबाट बञ्चित भएका अस्थायी शिक्षकहरुलाई पुन: परीक्षा दिन पाउने अवसर दिलाउनुपर्ने, उपरोक्त बमोजिक व्यवस्थापन गर्दा गर्दै पनि कोही अस्थायी शिक्षक विस्थापन हुने अवस्था देखिएमा अर्को विद्यालय, तह वा राहत कोटामा पुनस्र्थापन गर्नुपर्ने, सुविधाको फारम भरेका अस्थायी शिक्षकहरुलाई दिइने भनिएको उपज्ञशदान रकम औषधोपचारको खर्चसहित एकमुष्ट प्रदान गर्न अबिलम्ब प्रक्रिया सुरु गर्नुपर्ने माग अघि सारेका छन् ।

‘आन्तरिक कोटा आन्तरिकमैं समायोजन नगरी खुलामा लैजाने भएकोले हजारौं अस्थायी शिक्षक पास मार्क ल्याए पनि सरकारले विस्थापित गर्दैछ । एउटा अस्थायी शिक्षक ४० ल्याएर स्थायी हुने अर्को स्थायी शिक्षक ७० ल्याउदा पनि स्थायी हुन नसक्ने कस्तो असमानता ?’

आन्दोलनकै क्रममा उनीहरुले विज्ञप्ति निकालेका छन्, विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो चरणमा नेपाल शिक्षक महासंघ, शिक्षकका पेशागत संघसंस्थाहरु तथा अस्थायी शिक्षकहरुको कठोर संघर्षको परिणाम स्वरुप राज्यले अस्थायी शिक्षकहरुबीच आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट व्यवस्थापन गर्न परीक्षा सञ्चालन गरेको भए तापनि यो पूर्ण न्यायिक र समान प्रक्रियाबाट नभै विज्ञापन नं. ३ अन्तर्गत परीक्षा दिने अर्थात् २०६१ साउन २१ पछि नियुक्त अस्थायी शिक्षकहरुलाई विभेद भएकाले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं. १ र २ लाई झैं वि. नं. ३ का शिक्षकहरुलाई पनि न्यूनत्तम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाई दिनुहुन हाम्रो मातृ संस्था नेपाल शिक्षक महासंघ तथा शिक्षकका पेशागत संघ संगठनहरु र सरोबारवालाहरुमा अनुरोध गर्दछौं ।’

:2095 Views

Leave a Reply