टग अफ वारमा नेक्ससको वर्चस्व

काठमाडौं ११ असोज । काठमाडौं जिल्लाव्यापी विद्यालयस्तरीय डोरी तान्ने प्रतियोगिता भएको छ । जिल्लाका १५ विद्यालयका १५ छात्र र १५ छात्राका जम्मा ३० समूह सहभागिता थिए ।
नेपाल टग अफ वार(तान डोरी ) जिल्ला कार्यसमिति काठमाडौको आयोजनामा भएको प्रतियोगितामा नेक्सस इन्टरनेशनल स्कुल प्रथम भएको छ । छात्र र छात्रा गरी भएको छुट्टाछुट्टै स्पर्धामा नेक्ससकै वर्चस्व रह्योे ।
स्पर्धाअन्तर्गत छात्र समूहमा सांग्रिला पब्लिक दोस्रो र एम्बिसन एकेडेमी तेस्रो भएका थिए । छात्रा समूहबाट आकाशदेव स्कुल दोस्रो र प्रितिमा स्कुल तेस्रो भएको थियो ।
पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई तान डोरी संघका केन्द्रीय अध्यक्ष भवानीप्रसाद पौडेलले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रम फेका काठमाडौको संयोजनमा भएको संघका केन्द्रीय सचिव देवी घिमिरेले जानकारी दिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव