वादविवादमा सुजन प्रथम, तृष्णा र समीक्षा द्धितीय, तीन विद्यार्थी तृतीय

भक्तपुर । भक्तपुरमा भएको उपत्यकाव्यापी वादविवाद प्रतियोगितामा मोर्डन इंगलिश स्कुल दधिकोटका सुजन सापकोटा प्रथम भएका छन् ।
स्पोर्टस् फर अल कमिशन नेपाल ओलम्पिक कमिटी र एभरेष्ट इगलिश स्कुल मिवाछें भक्तपुरको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुरका तृष्णा थापा र नेक्सस इन्टरनेशल स्कुल काठमाडौंका समीक्षा मल्ल संयुक्त रुपमा द्धितीय भए ।
प्रतियोगितामा तीनजना संयुक्त रुपमा तृतीय भए । सीभीएम स्कुल भक्तपुरका शिवज्योति भटराई, इनोभेटिभ इंगलिश स्कूल काठमाडौंका सृष्टि बन्जारा र मनकामना इंगलिश स्कुल भक्तपुरका श्रीषा खड्का संयुक्त रुपमा तृतीय भए । आरोग्य, मित्रता र प्रतिष्ठाका लागि खेलकुद भन्ने विषयमा भएको वादविवादमा उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई आयोजक एभरेष्ट स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र स्कुलका संस्थापक प्रिन्सिपलभक्त राजभण्डारीले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न २१ वटा स्कुलहरुका ३५ विद्यार्थी प्रतिस्पर्धी थिए ।
:618 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव