परीक्षार्थीले रुँदै भने : ‘यस्तो हुने थाहा भएको भए जाँचै दिन्नथे नि, बेकारमा…’

भक्तपुर । शनिबार शिक्षक सेवा आयोगले लिएको प्रावि तहको परीक्षा सकाएर परीक्षा केन्द्रबाट बाहिरिएका थुप्रै परीक्षार्थीमध्ये काभ्रे पात्लेखेतका सबिता तिमल्सिना रुँदै निस्किन।

एक हातमा प्रवेश पत्र, अर्को हातमा सेतो रुमालका साथ कुर्ता सुरुवालमा रुँदै निस्किएकी उनी भन्दै थिइन्, ‘पढेको केही पनि आएन, जम्मै नपढेको मात्र आयो, आयोग पास गरेर शिक्षक बन्छु भनेको थिएँ ।’ शिक्षक बन्छु भन्ने अठोटका साथ परीक्षार्थी बनेकी उनले आँशु झार्दै भनिन् ।

त्यति भएर मात्र उनी रोएकी थिइनन्, उनी भन्दै थिइन्, ‘झन् कत्रो मिहिनेत गरेको थिएँ, नाम निकाल्छु भनेर १५ सयको त किताबै किनेको थिएँ, ट्युशन गएको थिएँ, सबै बेकार भो ।’

परीक्षा सकिएसँगै परीक्षार्थीहरु कोही उत्साहित छन्, कोही दिक्क भएका छन् । दिक्क भएका उनीमात्र नभएर उनका सहपाठीहरु पनि थिए । कारण, उनीहरु सबैको परीक्षा आफूले सोचेजस्तो भएन । ‘परीक्षा हलमा प्रश्नपत्र पाएपछि एकछिन त तिरमिराएँ, क्वइसन त कहाँबाट आयो, कहाँबाट पढेको एउटै आएन , त्यही बेला लागेको थियो, नाम निस्किँदैन होला ।’

आफूले पढेको विषयकेन्द्रीत प्रश्न नआएर मात्र परीक्षार्थीले परीक्षा बिग्रेको बताएनन्, भोलि शिक्षक बन्छु भन्ने अठोटका साथ परीक्षार्थी बनेका उनीहरु प्रश्नपत्रको शैलीबाट पनि दिक्क भएको बताउँछन् ।

‘अहिलेको समयमा पनि कण्ठ गर्ने तरिकाबाट जाँच लिएको छ, के कण्ठ गर्न सक्नेहरु मात्र शिक्षक बन्ने हो ?’ उनीहरुको प्रश्न थियो । उनीहरुले राम्रो शिक्षक बनाउने हो भने शिक्षक सेवा आयोगले लिने परीक्षा प्रणाली र पाठ्यक्रममै परिमार्जन नगरी समयसुहाउँदो बनाउनुपर्ने सुझाव पनि दिए ।

आयोगले ४० नम्बरको वस्तुगत(ठीकमात्र लगाए पुग्ने ) र ६० नम्बरको लिखित परीक्षा लिएको थियो ।

परीक्षार्थीहरुले शिक्षकका लागि प्रयोगात्मक कक्षा बन्दोबस्त नगरी घोकेर पास गर्ने खालको प्रणाली हुँदा कण्ठ गर्न नसक्नेहरु शिक्षक बन्न नसक्ने प्रतिक्रिया दिएका थिए ।

(सबिता तिमल्सिना परिवर्तित नाम हुन्)

:4336 Views

2 thoughts on "परीक्षार्थीले रुँदै भने : ‘यस्तो हुने थाहा भएको भए जाँचै दिन्नथे नि, बेकारमा…’"

  1. लक्ष्मी बास्ताेला says:

    बस्तुगत प्रश्न बढी बनाउनु सेवा अायाेगकाे गलत तरिका ।

  2. मुन नारायण श्रेष्ठ says:

    यो अनलाईन पत्रिका ले पनि कस्तो समाचार प्रस्तुत गरेका हुन के छाप्न मन लाग्यो भन्दैमा जे पायो त्यही समाचार भन्दै भ्रम सृजना गर्नु राम्रो हो ? कुनै पनि समाचार बनाउदा त्यसको अाधारभूत पक्ष समेत प्रस्तुत नभएको, एकोहोरो समाचार बनाउनु ठिक हो? जवकी की यसपालि को शिक्षक सेवा अायोगले सोधेकेा विशेष गरी प्राथमिक तहको प्रश्नका बारेमा गरिएको टिप्पणी बस्तुपरक छैन तर हचुवाका र कसैको क्षणिक भावावेगलाई देखाएर सम्पूर्ण परीक्षा पद्दति गलत थियो भन्नु सान्दर्भिक छैन ।हो प्रश्नमा केही कमजोरी भएका होलान् तर समाचार फिचरमा उल्लेख गरेजस्तै सोधिएको कुनै पनि प्रश्न पाठ्यक्रम बाहिर बाट थिएन प्रत्रकार ज्यू एकपटक प्रश्न र पाठ्यक्रम पढेर मात्र समाचार लेख्नु पर्ने होइन र यसपालि सोधिएको प्रश्न कुन चाँहि पाठ्यक्रम बाहिरको छ त ??
    जबकि कण्ठ गरेर लेख्न पर्ने भनेर उल्लेख गरेको छ भविष्य मा शिक्षक बन्न चाहनेले पाठ्यबस्तुको ज्ञान हुँनु पर्दैन र ? हेर्नुहोस (शिक्षक को सक्षमता) अनुसार कण्ठ लेख्ने भन्दा पनि पनि विषयबस्तु र पाठ्य सँग तादात्म्य राखेर मौलिक लेखन प्रकारकै प्रश्न समेटिएको छ। कसैले धेरै किताब किन्दैमा ,ट्युसन पढ्दैमा त्यहाँ पढाएकै प्रश्न अाउनु पर्ने हो र यसरी हचुवाका भरमा समाचार पस्केर यति राम्रो अनलाइन समाचार लाई किन हल्का बनाउन खोजियो?

    सल्लाह सुझावको लागि
    moon.sa2011@gmail.com

Leave a Reply