ग्लोबल टिचर अवार्ड विजेता श्रेष्ठ भन्छिन् : ‘चौधरी ग्रुपको जागिरभन्दा शिक्षक हुनु जाति’

हरिसुन्दर छुकां

उनी पढाउने काममा संलग्न हुनुभन्दा अघि नेपालकै प्रतिष्ठित कम्पनी, चौधरी ग्रुपमा जागिरे थिइन् ।

त्यो ग्रुप (समूह)को एजुकेशन डिर्पाटको कोआर्डिनेटरको जागिरे हुन पाउँदा पनि उनी सन्तुष्ट थिइनन् । कारण देविना श्रेष्ठ भन्छिन्,‘ त्यहाँ मेरो जिम्मेवारी मार्केटिङ गर्ने र बच्चाहरुलाई भित्र्याउने, जसरी हुन्छ बच्चामात्र भित्र्याउँ भन्ने नै थियो ।’

त्यसैमा केन्द्रीत भएर त्यहाँ कार्यरत हुँदा नै उनले अर्काे पनि अनुभव गरिन्, ‘अभिभावकले हामी शिक्षकप्रति, विद्यालयप्रति धेरै आशा राख्छन् । उनीहरुको अपेक्षा उच्च हुन्छ ।’ चार वर्षअघिसम्म चौधरी ग्रुपको सो पदमा रहिँ रहँदा उनको मुख्य काम थियो, ‘बिजनेश डेभलप्मेन्ट’ । ‘त्यहाँ मेरो काम भनेको बिजनेश डेभलप्मेन्ट गर्ने नै थियो, बच्चा कसरी ल्याउने भन्ने काम भयो तर अभिभावकलाई दिएका प्रतिवद्धता पूरा गर्ने चाहिँ मेरो काम भएन ।’

त्यही कुराले उनलाई घोचिरह्यो, असन्तुष्ट बनाइरह्यो,‘मैले अभिभावकलाई प्रतिवद्धता जनाएको छु, तर त्यो मैले पूरा गर्न सकिँन ।’

अभिभावकलाई भनेका कुरा पूरा गन नसक्दा । उनलाई लाग्यो, ‘मनबाटै ठूलो गल्ती पो गरेछु भन्ने लाग्दो रहेछ । त्यही भएर उनी नेपालको एकदमै ठूलो संस्थाको छवि भएको चौधरी ग्रुपको ‘जागिरे’ भइनन् र चौधरी ग्रुपको त्यो असन्तुष्टीलाई पुरा गर्न, अभिभावकलाई दिएको प्रतिवद्धता पूरा गर्ने उद्देश्य बोकेर छिरिन्, हात्तीवनको कोरोना स्कुलमा । ‘प्रतिवद्धता पूरा गर्ने ठाउँमा मेरो भूमिका नभएपछि म कोरोनामा कोअर्डिनेटरको रुपमा छिरेको हुँ ।’ उनले भनिन् ।

समाजशास्त्रमा एमए अध्ययनरत उनी समाज पनि बुझ्न चाहिरहेकी छन् त्यही भएर उनले एमबीए (माष्टर अफ बिजनेश एड्मिनिष्ट्रेशन) को पढाइलाई बीचैमा ‘ब्रेक’ गरिन् । ‘एमबीए त्यहाँ ज्वाइन हुँदा मलाई त्यो मेरो फिल्डसँग कति पनि एप्रोपिरियट लागेन । किनभने त्यो पढाइलाई मैले कहाँ प्रयोग गर्ने भन्ने कुरा लाग्यो । र बीचमा ड्रप गरेँ । अहिले समाजशास्त्र पढिरहेको छु ।’ काठमाडौंको भीएस निकेतनबाट २०५८ सालमा एसएलसी उत्तीर्ण गरेकी उनले भनिन् ।

यसरी शिक्षण प्रवेश गरेकी उनले जागिर छोडेको चार वर्ष नबित्दै ठूलो उपलब्धि हासिल गरिन् । उनले ग्लोबल टिचर अवार्ड, २०१८ हात पारिन् । सायद् चौधरी ग्रुपमै भएको भए त्यो पुरस्कार उनी पाउँदिन थिइन् । आफूले देखेको सपना पनि पूरा गर्न पाउँदिन थिइन् । उनले सपना पनि पूरा गरिन्, पुरस्कार पनि पाइन् ।

विश्वका २७ देशका शिक्षकहरु सहभागी अवार्ड वितरण समारोहमा श्रेष्ठले नेपालको तर्फबाट अलर्ट नलेज सर्भिस(एकेएस) अवार्ड भारतको नयाँ दिल्लीमा चुमिन् ।

…………………………………………………………………….

घरमा बालबालिका नहुँदा बालबालिकाको विकासका लागि ‘यसो गरौंला र उसो गरौंला’ भन्ने ‘आइडिया’ नै हुँदैन । तर, घरमा कोही बच्चा भयो भने, बच्चालाई यो गर्दा राम्रो होला कि यो गर्दा बच्चा खुसी होला कि अथवा के गर्दा चाहिँ बच्चा खुसी हुन्छ ? भन्ने भावना आउँछ । हामी भन्छौं नि, ‘अ चाइल्ड इज अ फादर अफ म्यान’ । एक बच्चाले बुवालाई बुवाको भूमिका कसरी निभाउने भनेर सिकाउँछ । बच्चाहरुले नै मोटिभेट  गर्छ । मैले पनि बच्चाबाटै सिकेको हुँ ।’ भारतमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा उनलाई सोधिएको प्रश्न, ‘शिक्षा क्षेत्रमा नयाँ काम गर्ने प्रेरणा कहाँबाट मिल्यो ?’ को जवाफ हो माथिको भनाइ ।

यतिमात्र नभएर उनी थप्छिन्, ‘बच्चाहरुको जुन एक्प्रेसन हुन्छ, त्यो बुझ्नुपर्छ, गणितमा रुचि देखाउनेले अँग्रेजीमा रुचि नदेखाउन सक्छ, अब अँग्रेजीमा कसरी रुचि बढाउने भनेर बच्चाहरुसँग घुलमिल हुनुपर्छ । त्यो भयो भने बच्चाहरु पढाइ पनि सफल हुन्छन् । हामी चाहिँ हाम्रै अनुसार हुनुपर्छ भन्ने मान्यतामा छौं । त्यसो हुँदा हामी पनि सफल नहुने, बच्चाहरु पनि सफल नहुने हुँदो रहेछ । यो अवस्था भएकोले शिक्षणमा मैले केही नयाँ गर्न सक्नुको पछाडिको कारण नै यही बच्चाहरु हुन् । म यहाँ दुई वर्षदेखि १९ वर्षसम्मका बच्चाहरुलाई त्यही अनुसार पढाइरहेको छु । यो अवार्डको पूर्ण क्रेडिट बच्चाहरुलाई नै जान्छ ।’

बच्चाहरुलाई नै केन्द्रमा राखी अरुले नगरेको काम, नयाँ काम गर्दा पुरस्कार पाउन सफल श्रेष्ठले संयोजन गरिरहेको विद्यालयमा अहिले ३ सय ५० विद्यार्थी पढिरहेका छन् । आइएलटिएसमार्फत् पनि शिक्षा दिइरहेकी उनले १८ वर्ष ‘इन्ष्टिच्युष्नल टिचिङ’ गरिन् । स्कुलमा पढाउने र इन्ष्टिच्युटमा पढाउनु फरक हुन्छ किनभने ‘एज क्राइटएरिया’ र ‘एज क्याटागोरी’ फरक हुन्छ । उनलाई भने बालबालिका नै बढी प्यारा लाग्यो ।

शिक्षामा हरेक दिन नयाँ गर्न पाए मात्र उनी नयाँ गरेको अनुभव गर्छिन् । नत्र त उही बस, मोटरसाइकल, घर :घर, मोटरसाइकल, गाडी, अफिस हुन्छ । यसैले शिक्षण क्षेत्रमा तीस/ पच्चिस वर्ष बिताउँदा नयाँ केही गर्न सकिएन भने त्यसलाई अनुभवभन्दा औपचारिकता ठान्ने श्रेष्ठ कुनै नयाँ काम जो सम्झन योग्य बन्छ, त्यसलाई जीवनकै अनुभव र सम्पत्ती मान्छिन् । यसैले उनी हरेक दिन नयाँ गर्न पाए मन आनन्द हुने बताउँछिन् ।

त्यही नयाँ काम उनले कक्षाकोठामा मात्र हैन, पुरस्कार थाप्न जाँदा पनि गरिन्, ‘विदेशमा गएर नेपालको झण्डा फहराउन पाउँदा मलाई ज्यादै खुसी लाग्यो । पुरस्कार वितरण समारोहमा जाँदा झण्डा पनि मैले सँगै लगेको थिएँ । त्यो झण्डा नफरफराउँदासम्म पनि नेपालका शिक्षक पनि पुरस्कारका लागि आएका छन् भन्ने अरुलाई थाहा थिएन । झण्डा फहराउँदा धेरै मसँग नजिक हुन आए, उनीहरुले प्रतिक्रिया दिए, नेपाल, हामीले काउन्टै नगर्ने देशबाट पनि प्रतिनीधित्व गरेर अवार्ड लिए,।’ उनी सम्झन्छन्,  धेरैजना सक(अचम्म) भए ।,

आफूले गरेको काम उनलाई सामान्य शिक्षकले गरेजस्तै नलागेको हैन, फेरि उनले पुरस्कार पाउनकै लागि त्यो नयाँ काम गरेको पनि हैन । तर उनले गरेको काम उनका सहपाठीहरुले नजिकबाट नियाली रहेका रहेछन् । तिनै सहपाठीहरुले सो अवार्डका लागि उनको नाम सिफारिश गरेका थिए । ‘तपाइँको भिजन एकदमै राम्रो छ, इन्टरनेशनल लेवलमा यस्तो अवार्डहरु छन्, एप्लाई गर्नुस् भनेर भन्नुहुन्थ्यो । म चाहिँ के भन्थे भनेँ, म पहिला यहाँ पु्रभ गरेर देखाउँ अनि पुरस्कार भनेको पाइनै हालिन्छ भन्ने खालको भिजन राख्थेँ । उहाँहरुले मेरो नाम पठाउनु भएको रहेछ ।’ उनी सम्झन्छिन् ।

त्यसैको आधारमा उनलाई एकदिन उनलाई १० पेजजतिको प्रश्न भएको मेल आउँछ । प्रश्नहरु आएपछि उनले मेलमार्फतै जवाफ लखिन्, १० / १५ दिन लगाएर । त्यसैको आधारमा उनलाई एक महिनापछि फेरि मेल आयो, ‘तपाइँ अवार्ड विनर बन्नुभयो’ भनेर ।

पुरस्कार पाउनुअघि देखि नै उनले आफ्नो स्कूलमा ‘रिलेसनसीप बिट्विन अ चाइल्ड एण्ड टिचर, चाइल्ड एण्ड प्यारेन्टस्’ विषयमा नयाँ तरिकाले काम गरिरहेकी थिइन् उनी । नर्वेको एक सामाजिक संस्थामा आवद्ध भएर शिक्षक, अभिभावक र बालबालिकाबीचको सम्बन्धका सम्बन्धमा सहजकर्ता समेत रहेकी देविनाले त्यही सम्बन्धलाई बुझेर विद्यालयमा नयाँ काम गरिन् । सम्बन्धले पढाइलाई धेरै असर गरिरहेको हुन्छ । त्यो कुरालाई बुझेर हामीले अहिले पढाइरहेका छौं ।’

उनी आफूले गरेको कामको बारेमा भन्छिन्, ‘ठूला ठूला स्कुलहरुले विभिन्न पाठ्यक्रमहरु लागू गरिरहेको हुन्छन् । कुनैले इन्टरनेशनल प्राइमरी करिकुलम (आईपिसी), कुनैले क्याम्ब्रिजको । त्यो इन्टरनेशनल पाठ्यक्रम लागू गर्दा त्यसका लागि आवश्यक खर्च कसले व्यहोेर्ने भन्दा स्कूलबाट हो । त्यो स्कुलले कोसँग शुल्क उठाउँछ भने विद्यार्थीसँग उठाउँछ । हामीले के गर्यौ भन्दा त्यसरी अन्तर्राष्ट्रिय पाठ्यक्रमभन्दा पनि नेपाल सरकारले बनाएकै पाठ्यक्रम र सिलेबसलाई लागू गर्यौं । यत्तिमात्रै हो कि त्यसलाई शिक्षक कक्षामा गएर, ल प्रश्न नं. १देखि ५ सम्म तिम्रो होमवर्क भनेर बाहिर आउने हो कि ? वा कसरी पढाउने ? मेथडमा मात्र पढाउने कि ? बाहिरको करिकुलममा पनि हाम्रो करिकुलमा पनि, अथवा, शिक्षकलाई राम्रो बनाउने भनेको मेथडले हो । त्यो कारणले मेथडहरु चेन्ज गर्यौं । हामीले यो सालदेखि नै हाम्रो मूल्यांकन प्रणालीलाई फेर्यौं । त्यो मूल्यांकन भनेको चाहिँ हामीकहाँ बच्चाको मूल्यांकन कसरी गरिन्छ भने पहिलो त्रैमासिक परीक्षा, दोस्रो त्रैमासिक परीक्षा र तेस्रो त्रैमासिक परीक्षासम्म प्रतिशत राम्रो भयो भने राम्रो बच्चा, प्रतिशत नराम्रो भयो भने नराम्रो बच्चा भन्ने गरिन्छ । त्यो शिक्षाको पुरानो प्रणाली हो । त्यो मूल्यांकन प्रणालीलाई हामीले फेर्यौं ।’

त्यसरी शिक्षण शैली मूल्यांकनमा फेरबदल गरे पछि चार महिनामै बच्चाको नेतृत्वशक्तिमा विकास भएको छ, बच्चामा सामाजिक सीप विकास भएको छ, अनि बच्चाको अनुशासनमा परिवर्तन आएको छ, बच्चाको दैनिक व्यवहारमा परिवर्तन आएको छ । त्यसैको प्रभावस्वरुप बच्चाको ‘कन्फिडेन्ट’, बच्चाको ‘इनिसिएसन’ लिने बानी बढेको छ । ‘त्यसका लागि हामी के गर्छौं भने कक्षा ८ का बच्चालाई कक्षा ७ मा पठाउँछौं, सिकाउनका लागि, पढाउनका लागि । त्यसैगरी कक्षा ७ कालाई कक्षा ६ मा । उनीहरुले नै पढाउने गर्छन् । त्यसको लागि त पहिला आफू तयार हुनुपर्यो । एक जना शिक्षक कस्तो प्याटर्नबाट जानु पर्दोरहेछ भन्ने कुरा पनि बच्चाहरुलाई भयो । त्यसले गर्दा बच्चालाई विषयमा, नेतृत्वमा कन्फिडेन्ट बढ्छ । बच्चाले पनि आफूले पनि मिहिनेत गर्नुपर्ने रहेछ, नत्र भने त मेरो कुरा नसुन्ने रहेछ, त्यो खालको भावना विकास गराउनका लागि हामीले अभ्यास गर्यौं ।’ उनले भने ।

 

:1625 Views

Leave a Reply