श्रीकृष्ण माविको नयाँ भवन हस्तान्तरण

काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नं ८ छैमले चोबुस्थित श्रीकृष्ण माविको नवनिर्मित ४ कोठे पक्की भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
२०७२ सालको महाभूकम्पमा क्षति भएको पुरानो भवनको ठाउँमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई समिति (शिक्षा) को ६४ लाख ७० हजार रुपैयाँको लागतमा सो नयाँ भवन बनेको हो ।
गतवर्षको पुसबाट निर्माण शुरु गरिएको सो भवन २०७५ को बैशाखमा तयार भएको विद्यालयका प्रधानाध्यापक अमृतमान श्रेष्ठले बताए । विद्यालयमा २ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
नवनिर्मित विद्यालय भवन दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले उद्घाटन गरे भने जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) का प्रमुख अर्जुनबहादुर रायमाझीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर ल्हो तामांग र प्रधानाध्यापक अमृतमान श्रेष्ठलाई एक समारोहका वीच हस्तान्तरण गरे ।
त्यस अवसरमा नगरप्रमुख बस्नेत, इकाई प्रमुख रायमाझी, प्रधानाध्यापक श्रेष्ठ वडाध्यक्ष राजकुमार लामा लगायतका वक्ताले नवनिर्मित सुविधा सम्पन्न पक्की भवनका कारण विद्यार्थीहरुको पठनपाठनको वातावरणलाई सहज र उत्साहित बनाउने बताए ।
:687 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव