छात्राहरुलाई स्टेम कार्यशाला

काठमाडौं । टिच फर नेपालले काठमाडौंमा ६ दिने ‘गल्र्स इन स्टेम आवासीय कार्यशाला’ गरेको छ । किशोरीहरुको स्टेम (विज्ञान, प्रविधि, इञ्जिनियरिंग, गणित) प्रतिको रुचि प्रवर्धन गर्न असोज ५ गतेदेखि १० गतेसम्म सो कार्यक्रम गरिएको थियो ।
आयोजक नेपालका पूर्व प्रज्ञार्थीहरुद्वारा आयोजित सोे कार्यक्रमले ग्रामीण भेगमा रहेका छात्राहरुलाइ स्टेमको बारेमा जागरुक गराउन र स्टेममार्फत आफ्नो भविस्य बनाउन उत्प्रेरणा दिने रहेको प्रज्ञार्थी ऋचा न्यौपानेले बताइन् । उनले भनिन्, ‘ग्रामीण प्रविधि, अनलाइन म्यापिंगका साथसाथै यसमा छात्राहरु आफ्नो समस्या समाधान गर्ने क्षमता, नेतृत्वबारे र समाधान गर्दा नयाँ प्रविधिको कसरी सहयोग लिने भन्ने बारे थाहा पाउँछन् ।’
११ विद्यालयबाट २० छात्राको सहभागितामा भएको कार्यशालाबाट छात्राहरु उत्साहित भएका थिए । टिच फर नेपालका पूर्व प्रज्ञार्थी शिना श्रेष्ठ भन्छिन् ‘यो कार्यशालाको मुख्य उद्देश्य छात्राहरुले उनीहरुका समस्या समाधान गर्न आफूले नै भूमिका खेल्न उत्प्रेरित गराउनु हो र यसको सुरुवात स्टेमबाट भएको छ । मौका मिले एक महिलाले पनि देश बदल्न आफ्नो योगदान दिन सक्छ ।’
आवासीय कार्यशाला अनुभूति इन्टरन्यासनल र युनेस्को काठमाडौंको संयुक्त आयोजनामा भएको कार्यक्रममा किशोरीहरुलाई काठमाडौ ल्याउन ‘युनेस्को मलाला फन्ड फर गल्र्स राइट टु एजुकेशन’ ले सहयोग गरेको थियो ।
:781 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव