अन्तर्राष्ट्रिय पुरस्कारमा सहभागिताबारे अभिमुखीकरण

काठमाडौं १९ असोज । काठमाडौं उपत्यका र बाहिरका विद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागितामा ‘द ड्युक अफ एडेनबरा इन्टरनेसनल अवार्ड’ का बारेमा अभिमुखीकरण कार्यक्रम भएको छ ।
सो कार्यक्रम ‘द ड्युक अफ एडेनबरा इन्टरनेसनल अवार्ड’ नेपालले ललितपुरको युलेन्स स्कुलमा गरेको थियो ।
कार्यक्रममा १४ देखि २४ वर्षका विद्यार्थीहरुले कसरी अन्तर्राष्ट्रिय पुरस्कार कार्यक्रममा भाग लिने र यसका लागि के कस्ता क्रियाकलाप गर्नुपर्ने बिषयमा छलफल गरिएको ‘द ड्युक अफ एडेनबरा इन्टरनेसनल अवार्ड नेपालका सचिब देवराज घिमिरेले बताए ।
उक्त कार्यक्रममा नेपालमा ‘द ड्युक अफ एडेनबरा इन्टरनेसनल अवार्ड’ नेपालले युवा युवातीहरुको शारिरिक, बौद्धिक, सामाजिक जस्ता पक्षको बिकासमा खेलेको भूमिका तथा बिद्यालयमा यो कार्यक्रम लागु गर्न सकिने बिषयमा चर्चा गरिएको उनले जनाए ।
:766 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव