शिक्षकलाई नछोएको अन्तर्राष्ट्रिय शिक्षक दिवस : कसले के भने ?

शुक्रबार अन्तर्राष्ट्रिय शिक्षक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । सो सन्दर्भमा नेपालमा पनि विभिन्न तह र तप्काबाट विभिन्न कार्यक्रमहरु भएका छन् ।
औपचारिकतामा सीमित बनेको भन्ने आरोपबाट मुक्त नभएको यो दिवसले नेपाली शिक्षकहरुलाई कत्तिको छोयो ? अनि नेपालका शिक्षकहरुको स्थान कहाँ र नेपालका शिक्षकहरुले के र कस्ता समस्या झेलिरहेका छन् ? यही विषयमा दिवसकेन्द्रीत केही शिक्षकहरुका विचार ।
लक्ष्मीकिशोर सुवेदी, (महासचिव) नेपाल शिक्षक महासंघ
शिक्षक दिवस हाम्रो दिवस हो, यो राज्यसँग जोडिदैन र हामीले हाम्रो दिवसमा शिक्षकको हक, सचेतनाको लागि हाम्रा मुद्धाहरु सामाजिक सरोकारका बिच पु¥याएर त्यसलाई स्थापित गर्न शिक्षक दिवस मनाएका हौं ।
अहिलेको सन्दर्भमा बालविकासका शिक्षकको न्यून तलब, राहत शिक्षकको पेशाको स्थायित्वमा सुनिश्चतता नभएको, स्थायी शिक्षकको ग्रेडमा विभेद, समयमा पदोन्नति नहुनु जस्ता समस्यामा छन् शिक्षक । अहिले शिक्षामा भएको लगानी एक अंकमा छ ।
राज्यले शिक्षा क्षेत्रमा लगानी, शिक्षकमैत्री निति बनाएर सबै शिक्षा नितिमा शिक्षक महासंघलाई सहभागी गराउनुपर्छ ।
अन्तर्राष्ट्रियस्तरमा शिक्षकको जुन सम्मान छ, त्यसमध्ये सबैभन्दा तल नेपाल रहेको अवस्था छ । विश्वव्यापी रुपमा नेपाली शिक्षकको आर्थिक अवस्था कमजोर र उनीहरु पिडित र पछाडि छन्।
राजन श्रेष्ठ, प्रिन्सिपल, पायोनियर पब्लिक स्कुल
शिक्षक पेशेवर हुन सकेक छैनन् । शिक्षक पेशालाई विदेशमा जस्तो सम्मान छैन । पहिला शिक्षकलाई गुरु भन्दै दिइएको सम्मान अहिलेको समाजमा हराएको छ । केही शिक्षकहरु कै कारण शिक्षण पेशामा समस्या आएको छ । शिक्षक बन्ने लक्ष्य लिएर नै शिक्षक पेशामा नलाग्ने र अन्त काम नपाएपछि शिक्षक बनेर लाग्ने शिक्षकको कारण शिक्षक पेशाप्रतिको मर्यादामा कमी आएको छ । आर्थिक रुपमा सबल हुन गाह्रो छ । शिक्षकको समस्या सुधार्न शिक्षक नै लाग्नुपर्छ । शिक्षण पेशालाई समय कटाउने बाटोको रुपमा लिन हुन्न । सरकारले पनि शिक्षकलाई क्षमता अनुसारको सेवासुविधा साथै तालिम दिनुपर्छ । शिक्षक दिवस एक दिन मनाएर केही हुन्न, तर शिक्षकहरु एकत्रित भएर आफ्ना सुरक्षा र हकहितका बारेमा र हाम्रो अस्तित्व रहेको देखाउनु पर्छ । सरकारी र निजी दुवै विद्यालयमा शिक्षकको योगदान देखाउन पनि शिक्षक दिवस मनाउनु आवश्यक छ ।
नेपालका सबै शिक्षक कमजोर छ । आफ्नो पढाइ सकेर धैर्यता र मेहेनत दिएर शिक्षण पेशामा लागेका शिक्षक राम्रो शिक्षक हुने र नेपालमा हाल विश्वव्यापी रुपमा ब्रिटिस काउन्सिल, अमेरिकन एम्बेसीलगायत एनजिओ–आइएनजीओ, विश्वविद्यालयबाट शिक्षक पुरस्कारबाट शिक्षक सम्मान गरिरहेकोछ । भनिन्छ नि औसत शिक्षक, शिक्षक हुन् तर वास्तविक शिक्षक त्यो हो जो प्रेरणादायी हुन्छ, त्यसैले औसत शिक्षक नभएर प्रेरणादायी शिक्षक बनेमा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन र शिक्षण पेशाको गरिमा बढाउन सकिन्छ ।
हरिप्रसाद ढकाल, प्रधानाध्यापक, जोरपाटी स्कुल
विभिन्न वर्गमा शिक्षकलाई विभाजन गरिनु नै शिक्षकहरुको मुख्य समस्या हो । अस्थायी, स्थायी, राहत भनेर विभाजन गरी शिक्षकमा एक रुपता नहुनु शिक्षकको समस्या हो, शिक्षकको व्यवस्थापन, कामको आधारमा सम्मान, नेपाल सरकारले शिक्षकको मर्यादा नदेख्नु जस्ता समस्याहरु छन् शिक्षकका । राज्यको संयन्त्रबाट सुधार गर्नुपर्ने, सेवासुविधामा शिक्षकलाई पुरस्कार राख्नुपर्ने, राजनीतिक दलीय हिसाबमा शिक्षकलाई लानु नहुने र पेशागत रुपमा लानुपर्छ । नीति–नियम बनाउन पर्ने ठाउँमा शिक्षकको कहिँ पहुँच नभएकाले शिक्षकले आफ्नो समस्याको समाधान गर्न सकेका छैनन् ।शिक्षकको प्रतिनिधि गर्ने ठाउँमा महासंघ भएपनि त्यसमा आफ्नो स्वार्थ अनुसारका कुरा जोडिएको छ । यस्ता समस्याका समाधानका लागि केही उपाय निकाल्नेको अपेक्षामा शिक्षक दिवस आवश्यक छ । अन्तर्राष्ट्रियस्तरमा नेपाली शिक्षकको स्तर तल्लो छ ।
कृष्णलाल न्हेम्हाफुकी, प्रधानाध्यापक, ज्योती मा.वि
एउटै पदमा बसेर काम गनुपर्ने अवस्था छ, सेवासुविधाको कुनै ग्यारेन्टी छैन । प्राविमा बस्ने प्रावि मै बसिरहनु पर्ने र प्राविमा नै जागिर छोड्नुपर्ने, निमावि र माविमा शिक्षक भएकाको पनि त्यस्तै हालत छ । शिक्षकहरुको समस्या समाधान नेपाल सरकारले गर्नुपर्छ । अहिले त नगरपालिकाले यसको समाधान गर्नुपर्ने बेला आएको छ । तर नगरपालिकाले उस्काइदिने मात्र गरेको छ । नगरपालिकाले राम्रो गुणस्तर शिक्षा भनिरहेको छ तर त्यसका लागि शिक्षक दिने र भएका शिक्षकलाई सेवा दिने काम गर्न सकेको छैन । उनीहरु केबल कार्यक्रम राख्छन्, भाषणमात्र गर्छन् ।
प्रस्तुति: सबिना बानियाँ
:1137 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव