‘माली’देखि ‘गाली’सम्म शिक्षक

शिक्षकप्रति गरिएको नकारात्मक टिप्पणी, शिक्षकलाई गरिने गालीबाट दिक्क छिन् भोजपुरको राधाकृष्ण माविका अँग्रेजी शिक्षक सीता तिवारी । वि.सं. २०७१ सालदेखि शिक्षण पेशामा आवद्ध उनी भोजपुरको तिवारी भञ्ज्याङमा बस्छिन् ।
शिक्षककै कारण विभिन्न पेशाका लागि योग्य भए पनि शिक्षकप्रति हेरिएको नजर, शिक्षकलाई गरिएको व्यवहारले राम्रो गरिरहेका शिक्षकलाई नराम्रो हुने उनको अनुभव छ । सोही अनुभवका आधारमा उनले शिक्षकलाई नै केन्द्रमा राखी गजल रचना गरेकी छन् ।
अँग्रेजी साहित्यकी विद्यार्थी भए पनि नेपाली साहित्यमा रुचि राख्ने उनको गजल साताको शिक्षा साहित्यमा :

सीता तिवारी
फूलबारीको फूल रक्षक माली हो शिक्षक
गाउँ, समाज, राष्ट्र बोक्ने थाली हो शिक्षक ।
युग हाँक्ने विश्वास पात्र भरोसाको खम्बा
अबोध ती बालकको लाली हो शिक्षक ।
ज्ञान, सीप, कलाबाट आफू पोखिएर
सभ्यतालाई जोगाउने आली हो शिक्षक ।
डक्टर, पाइलट, मन्त्रिहरु जो जो बने पनि
सबैभन्दा बढी शक्तिशाली हो शिक्षक ।
सेकेण्ड, मिनेट, घण्टासँगै दौडिरहे पनि
सजिलो छ सबले गर्ने गाली हो शिक्षक ।
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव