सुदेशाका विद्यार्थी सरसफाईमा

ललितपुर, २० असोज — सुदेशा स्कुलका विद्यार्थी स्थानीय बिष्णु देवी मन्दिरको सरसफाईमा जुटेका छन् । डुक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारको लागि प्रतिस्पर्धा गरिरहेका विधार्थीहरुद्वारा आयोजित उक्त कार्यक्रममा अन्य समुदायको पनि बाक्लो उपस्थिति रहेको थियो । उक्त पुरस्कारका चार विधा मध्य सामाजिक सेवा विधा अन्तर्गत विद्यार्थीले भाग लिएका हुन् । कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिका वार्ड नम्बर ४ का सचिब नारायण केसीले गरेका थिए । उनले सुदेशा स्कुलजस्तो विद्यालय आफु बसेको वार्डमा पाउँदा गर्वको महसुस हुने र विद्यार्थीहरुको जिवन उपयोगी शिप विकासमा काम गरेको पाउँदा गर्व महसुस गरेको बताए । उक्त कार्यक्रम नेप्सेम्याकको सहिजिकरणमा सम्पन्न भएको थियो भने बागडोल विकास समाज, एकता टोल सुधार समिति, नख्खु सुधार गृह लगायतको सहभागिता थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव