एउटा स्कुल :तीन हेडमाष्टर, शिक्षक भने तलबविहीन

काठमाडौं । नगरपालिकाले तलब रोकेपछि पशुपति माविका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।
आफूहरुले पढाउँदै आए पनि लामो समयदेखि तलब नपाएको भन्दै सिराहाको लहानस्थित सो विद्यालयका शिक्षकहरुले आइतबार विद्यालयमा तालाबन्दी गरेका हुन् ।
‘दशैँको मुखमा समेत हामीले तलब पाएनौं, हेडसरहरुको आआफ्नै दाबीको सिकारमा हामी परेका छौं, त्यसकैको विरोधमा हामीले तालाबन्दी गरेका हौं ।’ एक शिक्षकले भने ।
उनका अनुसार विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी भएको छ ।
अहिले सो विद्यालयका शिक्षकहरु क्रमशः परमेश्वर राय, सोवितलाल यादब र रामकुमार साहबीच को प्रधानाध्यापक बन्ने भन्ने कुराको विवाद रहेको छ । सबैले आफू नै प्रअ बन्नुपर्ने दाबी गर्दै आएका छन् भने एकले अर्काविरुद्ध अदालतमा मुद्धा पनि राखेका छन् ।
सोही कारण विद्यालयको आयव्यय पनि दुरुस्त नभएपछि नगरपालिकाले तलब निकासा नगरेको नगरपालिका स्रोतले जनाएको छ । स्रोतका अनुसार परमेश्वर रायले सोही विद्यालयका शिक्षक सोवितलाल चौधरीलाई निमित्त प्रअ दिएपछि विवाद सुरु भएको थियो ।
सो विवाद सुरु भएपछि नगरपालिकाले भने सोही विद्यालयका शिक्षक रामकुमार साहलाई प्रअको पत्र दिएर प्रअ तोकेको थियो । त्यसरी नगरपालिकाले साहलाई प्रअ बनाएपछि पुनः परमेश्वर रायलले अदालतबाट स्टे अर्डरको पत्र लिएर प्रअ हुन आएपछि विवाद उत्कर्षमा पुगेको स्रोतको भनाइ छ ।
शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने बताएका छन् । यता विद्यालयका प्राध्यनाध्यापक प्रमेश्वर रायले आवश्यक सम्पूर्ण प्रक्रिया तयार पारेर लहान नगरपालिकामा बुझाए पनि तलब निकासा नगरेकाले शिक्षकहरुलाई तलब उपलब्ध गराउन नसकिएको बताए ।
स्रोतव्यक्ति काशिन्द्रप्रसाद यादव तथा लहान नगरपालिकाका प्रशासकीय अधिकृत तिर्थराज भट्टराईले विद्यालयले विगत लामो समयदेखि आयव्यय नबुझाएको र हिसाब पारदर्शी नभएकाले नगरपालिकाले तलब रोकेको बताए ।
:1137 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव