काव्यकी शिवात्मिका र शिक्षासेवी किनानलाई सम्मान

काठमाडौं । २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वाेत्कृष्ट अंक जिपिए ४ हासिल गरी विद्यालयमा पहिलो भएकी काव्य स्कूल नयाँ बानेश्वरकी छात्रा शिवात्मिका सिंह प्रधानलाई सम्मान गरिएको छ ।
काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, संस्थापक निर्देशकहरु सुनिल सिंह घर्ती, रिजन खड्का र प्रेमराज अर्यालले शिवात्मिकालाई टिका, खादा लगाउँदै ताम्रपत्र दिएर सम्मान गरेका थिए ।
विजया दशमी, दिपावली, नेपाल संवतको नयाँ वर्ष तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शिवात्मिकालाई सम्मान गरिनुका साथै गतवर्ष माद्यमिक शिक्षा परीक्षा उतिर्ण सबै विद्यार्थीलाई टिका र खादा लगाएर सम्मान गरिएको थियो ।
त्यस अवसरमा काव्य स्कुलका सञ्चार सल्लाहकार वरिष्ठ पत्रकार बलराम प्यासीका साथै अमेरिकाको एटलान्टामा रहेको हिमालयन चिल्ड्रेन्स च्यारिटी नेपालका संस्थापक तथा शिक्षासेवी बु्रस किनान तथा उनकी छोरी सुमिर किनानलाई पनि विद्यालयका संस्थापक प्रिन्सिपल बास्कोटाले उपहार दिएर सम्मान गरेका थिए । किनानले नेपालका थुप्रै वालवालिकालाई विभिन्न नीजि विद्यालयमा अध्ययनका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।
यसैगरी सो कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, सहयोगीदेखि विद्यार्थी बोक्ने सवारी साधनका चालकसम्मलाई सम्मान गरिएको थियो ।
:594 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव