स्कुलका भित्तामा छाडा लेख्ने छात्रविरुद्ध बोल्दा ३० छात्रा घाइते

काठमाडौं । स्कुलका भित्तामा छाडा शब्द लेखेको भन्दै विरोधमा उत्रिएका छात्राहरुमध्ये ३० जना घाइते भएका छन् ।
आफू पढ्ने विद्यालयका भित्ताहरुमा केही केटाहरुले अश्लिल, अपशब्द लेखेर विद्यालयको शैक्षिक वातावरणमा असर पुग्ने काम गरेपछि त्यसको विरोध गर्ने क्रममा भएको झडपमा परी ३० छात्राहरु घाइते भएको खबर भारतीय सञ्चार माध्यमले प्रकाशन गरेका छन् ।
यो खबर भारतको बिहारस्थित एक स्कुलको हो । समाचारका अनुसार भारतको बिहारको सुपौल जिल्लाको कस्तुरवा गान्धी आवासीय विद्यालयका छात्राहरुमाथि आक्रमण भएको थियो । ‘स्कुलमा घुसेर नाबालिक छात्राहरुमाथि एक जत्थाले आक्रमण गरेका छन् ।’ भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
इण्डियन एक्सप्रेसका अनुसार शनिबार साँझ छात्राहरु स्कुलमा खेलिरहेका थिए, स्कुल नजिकैको अर्को स्कूलका केही छात्रहरुले छात्रा पढ्ने विद्यालयका भित्ताहरुमा विभिन्न अश्लिल र अपशब्द लेखेको देखेपछि छात्राहरुले तिनीहरुलाई भगाएका थिए ।
सोही विषयलाई लिएर विवाद भएको थियो । विवादले उग्र रुप लिएपछि हाल मालामाल समेत भएको थियो । सोही क्रममा ३० छात्रा घाइते भएका छन् । घाइते उनीहरुलाई अस्पताल पुर्याइएको छ ।
:766 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव