विद्यालयलाई २ रोपनी ७ आना जग्गा उपहार

भक्तपुर । भक्तपुरको नंखेलस्थित सरस्वती माध्यमिक विद्यालयले २ रोपनी ७ आना क्षेत्रफल जग्गा पाएको छ ।
लामो समयदेखि जग्गा अभाव खेपिरहेको सो विद्यालयले स्थानीय जग्गादाताहरु क्रमशः शंकर तामाङ र देवबहादुर तामाङले जग्गा उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक परशुराम राईले जानकारी दिए ।
‘हामीले स्थानीय समाजसेवी शंकर तामाङबाट २ रोपनी, देवबहादुर तामाङबाट ३ आना २ पैसा र अर्का एक स्थानीयबाट ३ आना २ पैसा गरी २ रोपनी ७ आना जग्गा पाएका छौं,’ प्रअ राईले भने, ‘त्यसले भवन बनाउनका लागि हामीलाई ठाउँ उपलब्ध भएको छ ।’
उनले सो जगामा अहिले ८ कोठे भवन बनिरहेको जानकारी दिए । सो भवनका लागि जिल्लास्थित पूनर्निर्माण प्राधिकरणबाट रु. १ करोड १४ लाख रकम प्राप्त भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलको दुर्गम भेगमा रहेको काँक्राबारीमा सो भवन बनेपछि अभिभावक, शिक्षक खुुसी भएका छन् ।
:631 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव