खोजेको शिक्षक ल्याउन पाठ्यक्रम ‘चेञ्ज’

काठमाडौँ । सबै तहका शिक्षकका लागि समान लाइसेन्स दिँदै आएको शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र(लाइसेन्स)को पाठ्यक्रम बदलेर विषयगत बनाएको छ ।
यसअघि एउटै पाठ्यक्रमका आधारमा परीक्षा हुने गरेकोमा अहिले विषयगत रूपमा परीक्षा लिई उत्तीर्णलाई लाइसेन्स दिने व्यवस्था गर्न त्यस किसिमको पाठ्यक्रम बनाएको आयोगले जनाएको छ ।
आयोगले लाइसेन्सको परीक्षा विषयगत रूपमा लिनका लागि बनाएको विषयगत पाठ्यक्रम आज वेवसाइटमार्फत् सार्वजनिक गरेको छ । आयोगले पहिला सामान्य रुपमा लिँदै आएको परीक्षालाई परिमार्जन गरी अबदेखि विषयगत रुपमा लिनका लागि पाठ्यक्रम प्रकाशित गरेको जनाएको छ ।
विषयगत शिक्षक र खोजेको शिक्षक ल्याउनका लागि सहयोग पुर्याउने भन्दै ल्याएको सो परीक्षाअन्तर्गत निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक बन्ने परीक्षार्थीले उक्त परीक्षा उत्तीर्ण गरेर विषयगत रूपमा लाइसेन्स पाउने भएका छन् ।
‘अब लाइसेन्स दिँदा नै विज्ञताको परीक्षण हुन्छ, यसले हामीले खोजेका गुणस्तरीय शिक्षक फेला पर्नेछ ।’ आयोगको पाठ्यक्रम शाखाका एक अधिकारीले भने ।
:1924 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव