शिक्षामा योगदान दिएका चार प्रिन्सिपललाई राष्ट्रिय शिक्षा सेवा सम्मान

काठमाडौं । शिक्षा क्षेत्रमार्फत् देशलाई योगदान दिएका चार प्रिन्सिपललाई सम्मान गरिएको छ ।
काठमाडौंको नागरिक एकता समाजले चार जिल्लाका चार प्रिन्सिपललाई ‘राष्ट्रिय शिक्षा सेवा सम्मान २०७५’ बाट सम्मानित गरेको जनाएको छ । विगत २०५७ सालदेखि सम्मान गर्दै आएको समाजले योपटक भने काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका प्रिन्सिपलहरुलाई सम्मान गरेको हो ।
प्रमाणपत्र, खादा र फूलमालाबाट सम्मानित प्रिन्सिपलहरुमा काठमाडौं प्याब्सनको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, भक्तपुर प्याब्सनको सचिव सेमन्तराज सुवेदी, ललितपुरका प्रभा बज्राचार्य गुरुङ र सिन्धुपाल्चोकका राधाकृष्ण श्रेष्ठ रहेका छन् । सम्मानित व्यक्तिहरुमध्ये काठमाडौंका श्रेष्ठ, विद्या व्यायाम स्कुल, भक्तपुरका सुवेदी, दिव्यदीप ज्योति इङ्गलिस सेकेण्डरी स्कूल, ललितपुरका बज्राचार्य, शुभकामना सेकेण्डरी बोर्डिङ स्कुल र सिन्धुपाल्चोकका श्रेष्ठ, इन्दे्रश्वरी माध्यमिक विद्यालयका प्रिन्सिपल हुन् ।
शिक्षा क्षेत्रमा आवद्ध भएर गुणस्तरीय शिक्षा प्रदान गरेको ठहर गर्दै सम्मान गरेको समाजका अध्यक्ष सीताराम कार्कीले बताए । ‘उहाँहरुले शिक्षा क्षेत्रमा लामो समय बिताउनु भएको छ, राज्यले सम्मान गर्नुपर्नेहरुलाई हामीले गरेका छौं । ’ उनले भने ।
गत शनिबार(भदौ २०) गते काठमाडौंको पर्यटन बोर्डमा सम्पन्न कार्यक्रममा उनीहरुलाई सांसद एवं पूर्व गृहमन्त्री भीम रावलले सम्मान गरेका थिए । कार्यक्रममा शिक्षाका अलावा बैंकिङ, राजनीति र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई विधागत रुपमा पनि सम्मान गरिएको थियो ।
:1117 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव