नवराज काफ्लेको अध्यक्षतामा राष्ट्रिय अभिभावक संघ

भक्तपुर । नवराज काफ्लेको अध्यक्षतामा २५ सदस्यीय राष्ट्रिय अभिभावक संघ भक्तपुर जिल्ला कार्यसमिति निर्विरोध चयन भएको छ ।
बुधबार भक्तपुरमा सम्पन्न शिक्षा, कानुन, सामाजिक र राजनीति क्षेत्रमा लामो अनुभव संगालेका अभिभावकहरु सम्मिलित तेस्रो जिल्ला सम्मेलनले काफ्लेको अध्यक्षतामा नयाँ कार्यकारी समिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षद्वयमा डिल्लीराम गौतम र शरु बानिया, सचिवद्वयमा विनु गोदार थापा र प्रतिक्षा शर्मा, सहसचिवमा उत्तम थापा र कोषाध्यक्षमा जानुका फुयाँल चयन भएका छन् ।
यसैगरि संघका चयन भएका कार्यकारी सदस्यहरुमा मानबहादुर क्षेत्री, धिर्ज बहादुर कायस्थ, मोहन कुमार पौडेल, प्रेमलाल जोशी, चन्द्रप्रसाद अधिकारी, हरिकृष्ण राउत, सुमन खनाल, मञ्जु बराल , हरिकृष्ण रञ्जित, रेनु बस्ताकोटी, बुद्धिलाल महर्जन, पुष्पा पौडेल, रामेश्वर पौडेल, विजय श्रेष्ठ, किरण थापा, निराज पौडेल, उमेश सिंह र संगिता बुढाथोकी छन ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव