फुटबल प्रतियोगितामा भिमेश्वरका शिक्षक प्रथम

काठमाडौं । एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा ‘पहिलो एनप्याब्सन अन्तरस्कुल टिचर फुटबल टुर्नामेन्ट’ भएकोे छ ।
शारिरीक र मानसिक स्फुर्ति बढाउन र एनप्याब्सनको स्कुलबीच भावनात्मक सम्बन्धको विकास गराउन सो कार्यक्रमको आयोजना गरिएको नगर समितिको अध्यक्ष अमृत खड्काले जानकारी दिए । ‘सधँै विद्यार्थीमा मात्र अतिरिक्त क्रियाकलापमा जोड दिएकोमा यो वर्ष शिक्षकको खेलमा पनि ध्यान दिएका हौं ।’ उनले भने ।
बुधबारबाट सुरु भएको प्रतियोगिताको फाइनल बिहीबार भएको थियो । प्रतियोगितामा काडाँघारीको भिमेश्वर एकेडेमी प्रथम र सिनामंगलको इस्टप्वाइन्ट बोर्डिङ स्कुल दोस्रो भएका थिए । प्रथम हुने विद्यालयलाई ट्रफी र नगद रु. २० हजार तथा द्वितीय हुने विद्यालयलाई ट्रफी र नगद रु. १० हजार पुरस्कार दिइएको थियो ।
सो पुरस्कार एनप्याब्सन प्रदेश नं. ३ का उपाध्यक्ष प्रकाश खड्काले प्रदान गरेका थिए । स्पर्धामा १६ वटा विद्यालयको सहभागिता रहेको थियो ।
:522 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव