युरो किड्समा बाजेबज्यैको भेला

भक्तपुर, २८ असोज । भक्तपुरको सृजनानगरस्थित युरोकिड्स स्कुलमा शनिबार ग्र्राण्डप्यारेन्ट डे (बाजेबज्यै दिवस) कार्यक्रम भएको छ ।
कार्यक्रममा विद्यार्थीको घर र मामाघर दुबै तर्फका हजुरबुवा र हजुरआमालाई सहभागितामा गराइएको विद्यालयका प्रिन्सिपल नवराज काफ्लेले बताए । कार्यक्रममा विद्यार्थीले आफ्ना हजुरबुवा र हजुरआमालाई आफूले बनाएको शुभकामना कार्ड दिएका थिए ।
सो अवसरमा राष्ट्रियगानका रचनाकार ब्याकुल माइलाले विद्यालयको त्यस खालको कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी भएका थिए । सानोबेलामै आमा गुमाएर हजुरआमाको दूध खाई हुर्केको सम्झँदै रचनाकार माइला भावुक भएका थिए ।
कार्यक्रममा कक्षा १ र २ कक्षा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले आफ्ना बाजे बज्यैसामु गीत गाउनुको साथै आफ्नो हजुरबाआमाले गर्ने मायाबारे बोलेका थिए ।
:566 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव