विद्यार्थीको सफलतामा शिक्षक सम्मानित

मध्यपुर थिमी । मध्यपुर थिमी टेर्साटारस्थित अमिनिटी स्कुलले एसईई परीक्षा २०७४ मा उत्कृष्ट नतिजा ल्याउन दिनरात मेहनत गर्ने प्रिन्सिपल, शिक्षकहरुलाई सम्मान गरिएको छ ।
पुनम प्रजापतिले जिपिए ३.८५ अंक ल्याई विद्यालयको एसईई नतिजामा इतिहास रचेको भन्दै विद्यालयले विशेष सम्मान गरेको थियो । पुनमले आफूलाई विद्यालय र विद्यालयको वातावरणको याद आइराख्ने बताए ।
विद्यालय प्राङ्गणमा भएको उक्त कार्यक्रममा एसईई परीक्षा २०७४ मा उत्तीर्ण १९ जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, प्याब्सन जिल्ला कार्यसमितिका अध्यक्ष श्रीकृष्ण केसी र विद्यालयका प्रिन्सिपल सूर्य बहादुर भण्डारीले संयुक्त रुपमा विद्यार्थीहरुलाई खादा र टिका लगाई सम्मान गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सूर्य बहादुर भण्डारीले भावुक बन्दै उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधार्ई एवं बिदाई गर्दै यो औपचारिक बिदाई मात्रै हो, विद्यार्थीको लागि आफूले जस्तो पनि सहयोग गर्न तयार रहेको उनले बताए ।
:1017 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव