भुटेको मासु खान दसैँमा मामाघर जान्थे

तनहुँ जिल्ला ढोरफिर्दी गाविस वडा नं ८ को अमराई गाउँमा मेरो जन्म भएको हो । दसैँ मेरो एकदमै मन पर्ने चाड हो । सानो छँदा मामाघर जान निकै रमाइलो लाग्थ्यो । त्यसमा पनि दसैँमा मामाघर जानुको त झन् छुट्टै मजा हुन्थ्यो । मामाघर जाँदा दुई–तीन घन्टा हिँडेर जानुपथ्र्यो । सकिनसकी भए पनि आमा र दाजुको पुच्छर लागेर मामाघर जान्थेँ । दसैँमा मामाघरमा भुटेको मासु पाक्थ्यो । भुटेको मासु मलाई असाध्यै मन पर्ने । त्यही भुटेको मासुले मलाई मामाघरतर्फ डोहो¥याउँथ्यो ।
अहिले पनि यस्ता कुरा सम्झँदा एउटा घटना दिमागमा आउँछ । एकपटक त्यही भुटेको मासु सम्झँदै मामाघर जाँदा ठूलो पानी प¥यो । बाटामा ओत लाग्ने ठाउँ कतै थिएन । बाटोमा भएको एउटा सानो गोठमा ओत लागेर बस्नुप¥यो । पानी रोकिँदै नरोकिएपछि निकै अत्तालिएका थियौँ । त्यही बेलामा हजुरबुबा हामीलाई छाता लिएर लिन आउँदा निकै खुसी भएका थियौँ । हजुरबुबाले छाता ओडाएर लैजानुभएको त्यो दिनको घटना अझै पनि बेलाबेलामा सम्झना आइरहन्छ ।
सानो छँदा राम्रो लुगा लगाउँदा, पिङ खेल्दा र मीठो–मीठो खानेकुरा खाँदाको रमाइलो नै छुट्टै किसिमको थियो । दशमीको दिनमा आफूभन्दा ठूला मान्यजनकहाँ गएर टीका थाप्न पाउँदा अहिले पनि उत्तिकै रमाइलो लाग्छ । आफ्नो नातेदार विशेषगरी १३ दिने दाजुभाइमा कसैको मृत्यु भएको बेला दसैँमा टीका लगाउन नपाउँदा भने निकै दुःख लाग्थ्यो । दसैँको प्रमुख विशेषता भन्नु नै दशमीको दिन आफूभन्दा ठूलाकहाँ गएर टीका लगाउनु हो जस्तो लाग्छ । हिन्दु धर्मावलम्बीले घटस्थापनादेखि दुर्गाभवानीको पूजा गर्छन् । नेपाली समुदायमा दशमीदेखि पूर्णिमाको पाँच दिनसम्म टीका लगाउने प्रचलन पनि छ ।
यसरी हेर्दा चाडपर्व भनेको टीका लगाउने र मीठो खाने मात्र नभएर एक– अर्कासँग भेटघाट गर्ने महत्वपूर्ण अवसर हो भन्ने लाग्छ । बाल्यकालको र अहिलेको दसैँ–तिहारमा मलाई निकै फरक अनुभूति हुन्छ । बाल्यकालमा राम्रा लुगा लगाउने, मीठो खाने र पिङ खेल्नेमा नै बढी आनन्द आउँथ्यो भने अहिले खानलाउनभन्दा घुमघाम र भेटघाटमा बढी रमाउन थालेको छु । हाल आएर भने दाजुभाइ, इष्टमित्र र छरछिमेकसँगको सम्बन्ध सुमधुर बनाउन यो चाडले सहयोग पु¥याएको जस्तो भान हुन्छ ।
वास्तवमा चाडपर्वलाई उमेरले प्रभाव पार्ने रहेछ । चाडपर्व आउँदा सबै उमेरमा रमाइलो गरिने भए पनि मनाउने शैली भने फरक हुदैं जाने मेरो अनुभवले बताउँछ ।
चाडपर्वले वास्तवमा टाढा रहेका आफन्तसँग मिलन गराउँछ । चाडपर्वका सबै सकारात्मक मात्र होइन, नकारात्मक पक्ष पनि प्रशस्त छन् । अनावश्यक खर्च र ऋण काढेर दसैँ–तिहार मनाउने गलत प्रचलनमा भने सुधार ल्याउनु आवश्यक छ । चाडपर्व आफ्नो गच्छे र क्षमताअनुसार मनाउनुपर्छ । सानो छँदा दक्षिणा दिँदा निकै रमाइलो लागे पनि बुझ्दै आउने क्रममा भने टीका लगाउँदा लिनेदिने दक्षिणा परम्पराको भने अन्त्य गर्नुपर्छ । चाडपर्व भनेको मुख्यतया हाम्रो रहनसहन, परम्परा र संस्कार हो जसमा धर्म पनि जोडिएको छ ।
:1330 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव