गणितीय शुत्रबाट पत्रिकाको चंगा

बाल्यकालको दशै रमाइलो हुँदो रहेछ । म सानो छँदा चंगा उडाउन भनेपछि भुतुक्कै हुन्थेँ । विद्यालयबाट फर्केपछि आफ्नो गृहकार्य पूरा नगरी, खाजा नखाई आमाको गाली खाईखाई लुकेर चंगा उडाउने कुरा सम्झँदा अहिले हाँसो लाग्छ ।

चंगा किन्न पैसा माग्दा बुबाले पैसा नदिनुभएपछि पत्रिकाको चंगा बनाएर उडाउन धेरै प्रयास गर्थेँ । तर दुःख लाग्दो कुरा के छ भने त्यस्तो चंगा उडाउन गाह्रो हुन्थ्यो ।

चंगा जुधाएर अरुको चंचा चुडाल्ने योजना बनाएर साथीहरूसँग पाटन क्याम्पसको बास्केटबल कोर्टमा धागो बलियो बनाउन माझा हाल्ने गर्दथ्यौँ । यसरी औधी मिहिनेत परेको आफ्नो चंगा उडाएर चुडिँदा मनै चुडिन्थ्यो ।

आज आएर महशुस भएको छ की चंगा बनाउन सिक्नु र चंगा उडाउने सीपमा पनि कति धेरै गणितीय शुत्रहरू लगाउनुपर्ने रहेछ । अहिले बाल्यकालको अनुभव विद्यार्थीको माझ प्रस्तुत गर्न पाउँदा धेरै खुशी लाग्छ ।

विकेश महर्जन, प्रधानाध्यापक, लिटिल फ्लावर्स पब्लिक स्कुल, ललितपुर

:936 Views

Leave a Reply