त्रुटिपूर्ण नतिजा निकाल्ने परीक्षा बोर्डलाई शिक्षामन्त्रीको सुझाव: खुसीयाली मनाऔं

5b35fb719c8be-22

हरिसुन्दर छुकां/ भक्तपुर, १५ असार । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा प्रकाशनमा त्रुटि गरेर आलोचना खेपिरहेको राष्ट्रिय परीक्षा बोर्डलाई शिक्षामन्त्रीले खुसीयाली मनाउन अनुरोध गरेका छन् ।

परीक्षाको नतिजा निकाल्दा ‘सफ्टवेयरमा खराबी आएको अभिव्यक्ति दिँदैअ आएका परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडललगायत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलगायतको सहभागिता रहेको बोर्डको तेस्रो बार्षिकोत्सवमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्तव्यको क्रममा भने, ‘वार्षिकोत्सवमा खुसीयाली मनाऔं ।’

यसका साथै उनले परीक्षाजस्तो विषयमा बोर्डले गम्भीरता नपआएको विषयलाई घुमाउरो पारामा गम्भीर र जिम्मेवार हुन आग्रह गरे, ‘गम्भीर बनौं, खुसीयाली मनाउनु भनेको जिम्मेवारी थपिएको हो । अझ गम्भीर हुनुपर्ने छ, अझ व्यवस्थित हुनुपर्नेछ । बच्चाहरुको विद्यार्थीहरुको जीवनलाई खेलवाड गर्ने कुनै पनि काम हुनुहुन्न । अझ प्रभावशाली ढंगले त्यस्तो व्यवस्थापकीय क्षमताहित, त्यस्तो नेतृत्वदायी क्षमतासहित हामी अगाडि बढ्नेछौं भन्ने सन्दर्भमा अपील गर्दछु ।’

उनले परीक्षाफल निकाल्ने भएको समयमा भएको गल्ती क्षमा गर्न लायकको नभएको पनि टिप्पणी गरका थिए । उनले परीक्षाफल निकाल्दा भएको त्रुटि के कारणले भयो ? भन्ने पत्ता लगाउन गठन गरिएको छानविन समितिले गतिलो छानविन नगरे अझ कडा कदम चालिने पनि सो क्रममा बताए । ‘एउटा, कुनै पनि त्रुटि र कमी भयो भने म भन्न चाहन्छु कि अध्ययन, अनुसन्धानका सन्दर्भमा परीक्षाका सन्दर्भमा जोडिएका विषयमा आवश्यक पर्यो भन्देखि हाम्रो नेपालको सबैभन्दा विश्वासिलो अनुसन्धान संस्थालाई पनि दिने गरी म अगाडि बढ्छु, यो कुरा बुझ्नुहोला । त्यसैले मैले यो सन्दर्भमा आआफ्नो क्षेत्रमा दायित्व निर्वाह गर्न विशेषत यो उत्सवको बेलामा अनुरोध गर्छु ।’

कार्यक्रममा परीक्षा बोर्डले बोर्डको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक नीति शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो । नीतिमा योजनासम्बन्धी विषयमा एक, संगठन तथा व्यवस्थापनमा ६,  सूचना प्रविधिको प्रयोगमा ५, परीक्षा व्यवस्थापनमा ११ र कर्मचारी बृत्ति विकासमा २ गरी कूल २५ वुंदासहितको योजना उल्लेख छ ।

:425 Views

Leave a Reply