बेबिलोनका विद्यार्थी चीनमा

काठमाडौं । काठमाडौंको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलका दुई विद्यार्थी सोमबार चीन पुगेका छन् । ‘द क्याम्प फर नेप्लिज योंगस्टर इन चाइना’ मा भाग लिन विद्यार्थी सुप्रिना राई र रइसा राई चीन गएका हुन् ।
चीनको राजधानी बेइजिङमा सोमबारदेखि सुरु भइरहेको उक्त क्याम्प शुक्रबार (२२ देखि २६ अक्टोबरसम्म) सकिनेछ । चीनीयाँ भाषा शिक्षक झांग होंगका साथमा विद्यार्थी चीन गएका थिए ।
नेपालस्थित चीनीया राजदूतावासले मुलुकभरका ४० विद्यालयका विद्यार्थीबीच केही महिनाअघि आयोजना गरेको चित्रकला प्रतियेगितामा बेबिलोन स्कुलकी सुप्रिना राई प्रथम भएकी थिइन् । सोही आधारमा सुप्रिना चीन जान लागेकी र उनीसँग चीनको अनुभव बटुल्न रइसा पनि चीन गएकी विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईले बताए ।
चीन जान लागेका विद्यार्थीलाई बेबिलोन नेशनल स्कुलको इन्टरनेशनल स्कुल अवार्ड (आइएसए) को अर्डिनेटर अनिता सिग्देलले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेकी थिइन् ।
:615 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव