विश्वले नेपालबाट सिक्दै

काठमाडौं, ७ कात्तिक। काठमाडौंको दरबारमार्गमा आजबाट टिच फर नेपालको पहिलो ‘अन्तराष्ट्रिय सम्मेलन’ सुरु भएको छ। ‘केन्द्रमा समुदाय’ मुल नाराका साथ टिच फर नेपाल र टिच फर अलको संयुक्त प्रयासमा सो सम्मेलन आयोजना गरिएको हो।
मंगलबार, कात्तिक ९ सम्म हुने सम्मेलनमा नेपाल लगायत टिच फर अल संजालमा आवद्ध ६९ राष्ट्रहरुबाट करिब ४०० जनाको सहभागिता रहने टिच फर नेपालका सञ्चार संयोजक बिपिन महर्जनले जानकारी दिए। सम्मेलनमा नेपाल सरकारका शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलको सहभागीता रहनेछ।
सम्मेलनमा सहभागीहरुले टिच फर नेपालले समुदायमा गरिरहेका कामको अवलोकन र अनुसरण गर्ने साथै ३ दिने सम्मेलनमा सहभागीहरु टिच फर नेपाल कार्यरत विद्यालय र समुदायको अवलोकन तथा अन्तरक्रियामा भाग लिने उनले जनाए।
टिच फर नेपालका प्रमुख कार्यकारी अधिकारी शिशिर खनाल विविध भाषा, संस्कृति र समाजको आवाजलाई थप मजबुत बनाई संगठित तरिकाले अगाडि ल्याउन सो सम्मेलन सञ्चालन गरेको बताउँछन्। उनी भन्छन्, ‘समुदायलाई केन्द्रमा राख्नुको उद्धेश्य त्यहाँका समस्याहरूको समाधान त्यहि नै बसेर खोज्नु हो।’
उक्त सम्मेलनबाट टिच फर नेपालले काम गरीरहेका समुदायमा रहेको विविधताको अवलोकन र छलफल गरि यसबाट केहि सिक्न सकिने उनको विश्वास छ।
हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ र पर्साका जम्मा ५१ सामुदायिक विद्यालयहरूमा यसले शैक्षिक अभियान सञ्चालन गरेको छ।
:689 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव