शिक्षकको नतिजा प्रकाशन प्रक्रिया नै जटिल, कसरी हुन्छ भनेको समयमा नतिजा ?

भक्तपुर । ‘प्रारम्भिक चरणको काम सकिन लागेको छ, त्यसपछि दोस्रो चरणको काम सुरु हुन्छ’, गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको ‘नतिजाको काम के भइरहेको छ, कहिले हुन्छ नतिजा?’ को प्रश्नमा नतिजा प्रकाशनको गृहकार्य भइरहेको बताउँदै शिक्षक सेवा आयोगका प्रकाशकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले भने ।
‘तपाइँहरुले त दशैं अघि नै नतिजा निकाल्ने तयारी गर्नभएको थियो नि हैन र ?’ को प्रश्नलाई स्वीकार गर्दै उनले थपे, ‘दशैं अघि नै नतिजा निकाल्ने भने पनि खुल्लाको परीक्षाको कामले गर्दा भ्याइएन ।’
‘अब कहिले हुन्छ त ?’
उनी जवाफिए, ‘दशैं सकिने बित्तिक्कै हामी खटेका छौं, कर्मचारीहरु विहानैदेखि खटिएका छन्, काम सकिनासाथ ती विषयहरुको नतिजा गर्दै जान्छौं ।’
आयोगका प्रशासकीय प्रमुख डा. थपलियाका अनुसार प्रारम्भिक चरणको काम सकिन लागेको भए पनि केही काम भने अझै बाँकी छन् । त्यसपछि मात्रै दोस्रो चरणको काम सुरु हुन्छ । तिहार अगाडि नतिजा प्रकाशित गर्ने लक्ष्य लिइए पनि अझैं टुंगो भने लागेको छैन ।
उनले थपलियाले भने, ‘अस्थायी शिक्षकको परीक्षा विभिन्न ९ प्रकारका छन् । त्यसमाथि विषयगत तरिकाले नतिजा प्रकाशित गर्नुपर्ने भएकाले प्रक्रिया जटिल छ ।’ उनका अनुसार तिहार अगाडि नै नतिजा प्रकाशित गर्ने क्रम सुरु हुन सक्छ ।
विभिन्न ९ प्रकारका विज्ञापन र विषयगत विज्ञापन भएकाले सबैको नतिजा एकैसाथ प्रकाशित भने हुँदैन । विभिन्न चरणमा नतिजा प्रकाशित हुन्छ । त्यसैले तिहार अगाडि सुरुवात भने हुन सक्ने उनले बताए ।
एक साताभित्र दोश्रो चरणको कार्य सकेर नतिजा प्रकाशनको कार्य शुरु गर्ने आयोगले तयारी गरेको छ ।
:2702 Views
Ali fast ma result nikalnu