दैनिक हिँडेर विद्यालय जानुपर्ने बाध्यता : प्रतिकको रुपमा वाकाथन

काठमाडौं १४ असार । ग्रामीण क्षेत्रका विद्यार्थीहरु दैनिक २ देखि ४ घण्टा हिडेर बिद्यालय जानुपर्ने बाध्यताको प्रतीककारुपमा टिच फर नेपालले सिटिजन्स बैँकको प्रायोजनमा यहि असार १६ गते तेस्रो वाकाथनको आयोजना गर्दैछ ।
कुटुम्बले सांगितिक प्रस्तुति दिने यस कार्यक्रममा १५ सय भन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागि हुँदैछन्।
ललितपुरको लबिम मलबाट सुरु हुने उक्त वाकाथन कोपुन्डोल, माइतीघर, भद्रकाली, त्रीपुरेश्वरबाट सोही रुट हुँदै लबिम मलमा साङ्गितिक कार्यक्रममा परिणत हुने छ । कार्यक्रममा सहभागीहरूले ५ किलोमिटर पदयात्रा गर्ने छन् ।
‘हाम्रा विद्यार्थीहरू दैनिक ५ किलोमीटर हिँडेर बिद्यालय आउने गर्छन् त्यहि कठिनाइको अनुभूत गराउन र शिक्षाको महत्व बुझाउन वाकाथानको आयोजना गरिएको हो’ टिच फर नेपाल भर्ना तथा छनोट विभागका जिग्मे शेर्पाले बताए । उनले उक्त कार्यक्रमले टिच फर नेपालको अभियानमा युवाहरु अझै जागरुक भएर लाग्नेमा आफू बिश्वस्त रहेको बताए ।
‘नेपालमा शैक्षिक असमानता विद्यमान छ । हामि सबैले शिक्षामा परिवर्तन चाहन्छौं तर परिवर्तन एक्लैले गर्न मुस्किल छ । यो परिवर्तनको प्रक्रियामा हामीलाई युवाहरुको साथ् आवश्यक छ’ टिच फर नेपालका मुख्य कार्यकारी अधिकृत शिशिर खनालले बताए । ‘वाकाथनले जुलाई १ बाट सुरू हुने टिच फर नेपालको २०१९ को प्रज्ञार्थी भर्ना र छनोटमा पनि सहयोग गर्ने र ती प्रज्ञार्थीले नै ग्रामीण भेगका सामुदायीक विद्यालयमा अध्यापन गराई नेपालमा रहेको शैक्षीक असमानता लगायत सामाजीक समस्याको विरुद्ध आवाज उठाउने छ ।’ उनले भने ।
वाकाथनमा भाग लिन एक हजार रुपैंया सहयोग रकम सङ्कलन गर्नुपर्ने र उक्त रकम टिच फर नेपालले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी प्रयोग गर्ने आयोजकले बताएका छन् । टिच फर नेपालको तेस्रो वाकाथनको सहयोगी संस्थाका रुपमा बुद्ध एर रहेको छ ।
:654 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव