ऐच्छिक बन्यो गणित, शिक्षामन्त्री भन्छन् : अब हुने भो धेरै विद्यार्थीको हित

काठमाडौं । आगामी वर्षबाट गणित विषयको नयाँ पाठ्यक्रम लागू हुने भएको छ । नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य नभइ वैकल्पिक विषय बनाइएको छ । त्यसका लागि शिक्षा मन्त्रालयले लामो समयको छलफल गरेको थियो । सो छलफलपछि पाठ्यक्रम विकास केन्द्रले गणित विषयलाई अनिवार्य नभएर ऐच्छिक बनाइएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लामो अध्ययनपछि विद्यालय शिक्षामा सुधारको थालनी गरेको बताउँदै सो निर्णय गरिएको र त्यसबाट करिब ३ लाख विद्यार्थीहरूमाथिको अनावश्यक बोझ हट्ने पनि जनाएका छन् ।
‘अहिलेसम्मको अध्ययनले ११ र १२ कक्षा उत्तीर्ण भई विश्वविद्यालय जानेहरूको संख्या साढे ३ लाखको हाराहारीमा रहेको देखाएको छ । त्यसमा साइन्स पढ्नेको संख्या ३० देखि ५० हजार जति छन् । त्यसैले ५० हजार सम्मलाई मात्र चाहिने विषय अरु ३ लाखलाई पनि नथोपरौं भनेर मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो ।’ शिक्षामन्त्री पोखरेलले भने ।
उनले गणित विषयलाई ऐच्छिक बनाउने र त्यसको स्थानमा सबै संकायका विद्यार्थीको लागि आवश्यक जीवन उपयोगी शिक्षा विषय थपिएको पनि बताए ।
केन्द्रले तयार पारेको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ ले कक्षा ११ र १२ बाट गणित विषय हटाउने प्रस्ताव गरेपछि गणित केन्द्रीय विभाग र नेपाल गणित समाज त्रिभुवन विश्वविद्यालयले विरोध जनाउँदै आएका छन् ।
आधुनिक शिक्षामा गणित विज्ञान जुनसुकै क्षेत्रमा आवश्यक हुने भन्दै उनीहरूले विना अध्ययन गणित हटाइँदा विद्यार्थीको शैक्षिक जीवन प्रभावित हुने तर्क गरेका छन्।
त्रिवि गणित केन्द्रीय विभागका प्रमुख प्राडा केदारनाथ उप्रेतीले भने ,‘गणित विषय नपढेकाले त्रिभुवन विश्वविद्यालय र अरू पनि निजी विश्वविद्यालयहरूमा कैयौँ क्षेत्रमा अण्डर ग्राजुएट लेभलमा भर्ना नै हुन पाउँदैनन् । चाहे त्यो बी ए, बी एस्सी, बीबीए वा इन्जिनियरिङ विषय हुन्। त्यसले उनीहरूलाई असर पर्छ।’
कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने निर्णयको विरोधमा उत्रिएका गणित विषयका विज्ञहरूले त्यसो गरिए विद्यार्थीको शैक्षिक उन्नतिमा बाधा पुग्ने बताएका छन् ।
:4520 Views
माननीय मन्त्रीज्यू!अब एउटा विषय मात्र राखौँ र कक्षा बाह्रलाई नै स्नातकोत्तर तह मानौँ।यसबाट पनि विद्यार्थी बोझविहीन हुनेछन्।हामीलाई विश्व बजारको प्रतिष्पर्धासँग के मतलव?शिक्षित युवाहरूलाई देशमै प्रशस्त अवसर दिइएको छ के होइन?
Yo kura sarai man parena aba samudayeek school dhosta hunchha