ईसिडीका लागि स्रोत पुस्तिका सार्वजनिक, ईसिडी नीतिमै खोट

काठमाडौं । प्रारम्भिक बाल विकास समाज नेपालले स्थानीय तहमा प्रारम्भिक बालविकास(ईसिडी) का लागि स्रोत पुस्तिका सार्वजनिक गरेको छ ।
काठमाडौंमा आज आयोजित पुस्तिका विमोचन कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो पुस्तिकाको विमोचन गरेका थिए ।
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रारम्भिक बालविकासलाई स्थानीय सरकारको कार्य जिम्मेवारीभित्र राखेपछि स्थानीय तहलाई सहयोग पुर्याउनका लागि सो पुस्तिका तयार भएको समाजले जनाएको छ ।
समाजका अध्यक्ष प्रा.डा. किशोर श्रेष्ठ र डा. मिनाक्षी दाहालले संयुक्त रुपमा लेखेको सो पुस्तकले बालविकासको विषयमा रहेका अन्योल चिर्न सहयोग पुग्ने लेखिका एवं बाल मनोविद् डा. दाहालले बताइन् ।
‘स्थानीय तहका पदाधिकारी, कर्मचारी, तथा सम्बन्धित सरकोकारवालाहरुलाई प्रारम्भिक बाल विकासको विषयमा स्पष्ट गर्न, बालविकासको बारेमा सैद्धान्तिक जानकारी दिई सो सम्बन्धी समान धारणा विकास गर्न र स्थानीय तहका योजनामा प्राथमिकताका साथ समावेश गर्न पुस्तिकाले सहयोग गर्नेछ ।’ लेखिका एवं बाल मनोविद् डा. दाहालले भनिन् ।
जम्माजम्मी सात परिच्छेदको सो पुस्तिकामा परिचय खण्डमा इसिडीको परिभाषा, महत्व, लक्ष्य र आवश्यकता, प्रयोग तथा दोस्रो खण्डको सैद्धान्तिक आधारहरुमा जीवनको पहिलो आठ वर्ष महत्वपूर्ण हुन्छ र यो जीवनपर्यन्त रहन्छ, बालविकास बहुआयामिक हुन्छ, बालबालिकाको विकास तथा सिकाइ उनीहरुको आफ्नै गतिमा हुन्छ, मातृभाषाको माध्यमबाट सिकाइ सबैभन्दा उत्तम हो, सिकाइ एवं विकासका लागि खेल सबैभन्दा उत्तम विधि हो, बालबालिकाले आफ्नो नजिकको वातावरणसँगको अन्तरक्रिया र अन्य व्यक्तिको अनुकरण गर्दै सिक्छन्, बालबालिकाको विकास र सिकाइमा सहयोग पुर्याउन वयस्क(अभिभावक, शिक्षक तथा सहजकर्ता) को महत्वपूर्ण भूमिका हुन्छ जस्ता विषय समावेश गरिएका छन् ।
पुस्तिकाको परिच्छेद ३ मा नेपालमा हाल उपलब्ध प्रारम्भिक बालविकासम्बन्धी नीति तथा योजनाहरु, परिच्छेद ४ मा बालविकास कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका, ५ मा स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यक्रमको कार्यान्वयन, ६ मा अनुसूची र ७ मा सन्दर्भ सामग्रीहरुको सूची समेटिएको छ ।
संयुक्त राष्ट्रसंघीय बालकोष(युनिसेफ, नेपाल) को प्राविधिक सहयोगमा प्रकाशन भएको सो पुस्तिका विमोचन कार्यक्रममा शिक्षामन्त्री पोखरेलले स्वास्थ्यको समस्या भएकाले केही बोलका थिएनन् ।
कार्यक्रममा सांसद एवं प्रारम्भिक बालविकासका लािग संयोजक तथा सहकार्य(इसिडी ककस) का संयोजक सत्या पहाडीले संविधानसभाबाटै ईसिडीको लागि संघर्ष गरिएको बताइन् ।
उनले बालबालिकाको विकास र सर्वाङ्गीण विकासकाबारे नीति, ऐन बने पनि अझै पनि कार्यान्वयनको समस्या रहेको बताइन् । उनले बालविकासको लागि छुट्टै मन्त्रालय आवश्यक भए पनि सरकारले त्यो विषयमा ध्यान दिन नसकेकोमा दुखेसो पनि पोखिन् ।
शिक्षा सचिव खगराज बरालले संविधानले नै प्रारम्भिक बालविकासलाई विद्यालय शिक्षाभित्र समेटेको बताउँदै १ वर्षमात्रको समयसीमाका कारण सामुदायिक विद्यालयमा समस्या भएको उल्लेख गरे ।‘जन्मेको बच्चा अढाइ वर्ष नपुग्दै विद्यालय पुगेका छन्, तिनीहरु सामुदायिक नभएर निजी लगानीमा खुलेका विभिन्न नामका प्रिस्कूलहरुमा गएका छन्, त्यहाँ कम्तीमा पनि ३ वर्षको पढाइ हुन्छ, हामी भने १ वर्षको प्रारम्भिक बाल विकास केन्द्रको कुरा गरिरहेका छौं’ उनले घुमाउरो पारामा ईसिडी नीतिमा खोट रहेको औंल्याउँदै भने, ‘बालबालिकाहरुको शिक्षाका लागि अभिभावकहरु लगानी गर्न उत्सुक छन्, अब स्थानीय तहले अभिभावकसँगको सहकार्य र समझदारीमा ईसिडी चलाउनुपर्छ ।’
स्रोत पुस्तिकाका तयारी, किन र कसरी गरियो भन्ने विषयमा बोल्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहसचिव दिपक शर्माले इसिडीको मार्गदर्शन गर्ने सामग्री तयार भएको जनाए ।
कार्यक्रममा समाजका अध्यक्ष प्रा.डा. किशोर श्रेष्ठले बालबालिकाको चौतर्फी विकास नै भोलिको शिक्षाको आधार भएकाले सो तहबाटै शिक्षामा सुधारको आवश्यकता रहेको बताए ।
:3140 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव