खेल १३, सहभागी एकहजार ४ सय १४

भक्तपुर । जिल्लाको भक्तपुर नगरपालिकाले आइतबारदेखि नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको छ ।
विद्यार्थीहरुलाई खेलको बारेमा जानकारी दिन, खेलको महत्व बताउन शारिरीक तवरले तन्दुरुस्त बनाउने उद्देश्यका साथ नगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्रका विद्यालयबीच प्रतियोगिता गरेको हो । सो प्रतियोगिता अन्तर्गत १३ वटा विभिन्न खेलहरुमा विद्यार्थीहरुले स्पर्धा गर्ने छन् ।
नगरपालिकाले भलिवल, कराँते, उसु, टेवुलटेनिस, बुद्धिचाल, फुटसल, पोर्टबल, कसिमला पायँ, खो खो, कबड्डी, तेक्वाण्डो, एथलेटिक्स र ब्याडमिन्टन गरी १३ खेलमा विद्यार्थीबीच स्पर्धा गराउने भएका हुन् ।
आयोजक पालिकाका अनुसार ६१ विद्यालयका १ हजार ७ सय १४ विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
खेलमा एक हजार १ सय ८ छात्र र ७ सय ६ जना छात्राको सहभागिता रहेको छ ।
नगरपालिकाभित्र रहेका ९२ वटा विद्यालयहरुमध्ये ६१ वटाले मात्र सहभागिता जनाएको पनि कार्यक्रम उद्घाटनको क्रममा जानकारी दिइएको थियो ।
खेलहरु शहीद स्मृति खेलमैदान, ख्वप कलेज, बागीश्वरी कलेज, आदर्श आजाद कलेज, पद्म कलेज, वीरेन्द्र सैनिक आवासीय मावि, बाल विकास स्कूललगायातका स्थानमा हुने भएका छन् ।
भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालय स्तरीय विभिन्न खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए । सोही अवसरमा आयोजक नगरपालिका प्रमुख सुनिल प्रजापति, प्रदेश सभा सभासद् सुरेन्द्रराज गोसाईं, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरिक्षक हिमालकुमार श्रेष्ठ लगायतले खेलबारेमा चर्चा गरेका थिए ।
प्रतियोगिताका खेलहरु कार्तिक १७ गतेसम्म हुनेछन् ।
:948 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव