शिक्षामन्त्रीको असन्तुष्टि सम्बोधन हुने, साविकको जिशिका अब प्रदेश मातहत आउने

काठमाडौं । साविकको जिल्ला शिक्षा कार्यालयलाई प्रदेश मातहत राख्ने तयारी भएको छ ।
जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाईलाई जिल्ला प्रशासन कार्यालयबाट अलग गरिने प्रदेश मातहतमा राख्ने तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । यसअघि शिक्षा मन्त्रालयको संगठन संरचना स्वीकृतको क्रममा इकाईलाई जिल्ला प्रशासन मातहत राख्ने निर्णय भएको थियो । सो निर्णयको शिक्षक, स्रोतव्यक्तिले मात्र नभएर स्वयम् शिक्षामन्त्रीले समेत असन्तुष्टि पोख्दै आएका थिए ।
शिक्षामन्त्री पोखरेलले इकाईलाई गृहमन्त्रालयमातहत राख्दा नसुहाउँदो टिप्पणी गर्दै आएका छन् ।
प्रशासन मातहत राख्दा इकाईले गर्दै आएको दैनिक कामकाज गर्न असहज भएको भन्दै प्रदेश मातहत अलगै कार्यालय राख्ने तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको राय मागेर प्रक्रिया अघि बढाएको मन्त्रालयका अधिकारीहरुले बताए ।
साविकको जिल्ला शिक्षा कार्यालयलार्य अहिले शिक्षा विकास तथा समन्वय इकाईका रुपमा प्रशासन मातहत इकाई राखिएको छ ।
:2543 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव