विद्यार्थीद्वारा धान कटाइ, त्यही नै भो पढाइ

भक्तपुर । कक्षा ४ की विद्यार्थी सुयोग्या भण्डारीले सधैं कक्षाकोठामा मात्रै बसेर पढ्दै आएकोमा सोमबार धान काट्न पाएकोमा खुशी साटिन् । ‘कक्षाकोठामा मात्रै बसेर होइन कि खेतमा पनि पुगेर सिक्ने मौका पाएकोमा असाध्यै खुशी लागेको छ’, उनले खुशी साट्दै भनिन्, ‘यद्यपि गार्हो भएको थियो ।’
कक्षा ४ कै छात्र रोमर्शन ढुंगेलले प्रयोगात्मक अभ्यासले खेती गर्ने किसानको दुःख बुझ्ने मौका मिलेको सुनाए । ‘यसबाट समूहमा मिलेर काम गर्न पनि सिकें’, उनले भने, ‘यसबाट व्यवहारिक ज्ञान मात्रै नभई खेतीपातीप्रतिको माया पनि जगाएको छ ।’
यसअघि ती विद्यार्थीको समूहले नै असार महिनामा धान रोपेका थिए । साथै उनीहरुले नै जेठ महिनामा धानको विउ राखेका थिए । उनीहरुले धानको विउ राख्नेदेखि धान भित्राउनेसम्मको सम्पूर्ण काम गर्ने जानकारी स्कुलले दिएको छ । विउ छर्ने, धान गोडने, काट्ने, झार्नेदेखि भित्राउने सवै उनीहरुले नै गर्ने स्कुलले जनाएको छ ।
सुयोग्या र रामर्शनमात्र नभएर भक्तपुरका ससाना स्कुले बालबालिकाहरुले सोमबार धान काटेका छन् । एभरेष्ट इंगलिश स्कुल मिवाछें भक्तपुरका कक्षा ४ का ९८ जना विद्यार्थी भाइबहिनी धान काटनमा सहभागी भएका हुन् । उनीहरुले स्कुल नजिकैको खेतमा बिहानैदेखि दिनभर धान काट्नमा रमाएका हुन् ।
स्कुलकी शिक्षिका एवं धान कार्यक्रमकी संयोजक प्रकृति न्यापानेले खेतमा लानु अघि नै उनीहरुलाई पहिला नै कक्षाकोठामा जानकारी गराइएको जानकारी दिइन् । ‘धान काटने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा तीन दिन जानकारी गराएको थिएँ’ं, उनले भनिन्, ‘सबै जानकारी दिएपछि मात्रै फिल्डमा लगिएको हो ।’ यसबाहेक पनि विशेष शिक्षकहरुले आआफनो विषय अनुसारको जानकारी दिइएको उनले जनाइन् । धान काट्न विद्यार्थी आवश्यक सामाग्री लिएर खेतमा गएका थिए । विद्यार्थीले रोपेको धान स्कुलले नै लिने जनाइएको छ ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन कार्यक्रम गरिएको जनाए । खेती किसानबारे बुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँंदै आएको उनले जनाए ।
:981 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव