विद्यार्थीको दाँत बचाउन शिविर

भक्तपुर १३ कात्तिक । सल्लाघारीको युरो किड्सका विद्यार्थीका निः शुल्क दाँत परीक्षण गरिएको छ । सोमबार विद्यालयभित्रै भएको दन्त परिक्षणमा भक्तपुरकी दन्त शल्यचिकित्सक (डेण्टल सर्जन) डा.सविना बासुकलाले दन्त स्वास्थ्यका बारेमा विद्यार्थीलाई बताएकी थिइन्।
विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले सानो उमेरका केटाकेटीले चकलेट, केक, आइसक्रिम लगायत गुलियो पदार्थ बढी खाने भएकाले उनीहरुको दाँत छिट्टै किराले खाने भएकाले विद्यार्थीको दाँत बचाउन विद्यालयमै विशेषज्ञ चिकित्सकबाट दाँत परी गरिएको बताए ।
विद्यार्थीहरुको नियमित दाँतको परीक्षण गर्दै आएको युरो किड्स सल्लाघारीका विद्यार्थीको समग्र स्वास्थ्य परिक्षण (जनरल हेल्थ चेकअप) को लागि भने वरिष्ठ वालरोग विशेषज्ञ डा.किरण शाक्य कन्सल्टयाण्टको रुपमा कार्यरत रहेको उनले जानकारी दिए।
:515 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव