संस्कृति जोगाउन विद्यालयले गर्यो, म्हः पुजा

काठमाडौं । काठमाडौंको सुविधानगरस्थित ट्रिटन इन्टरनेशनल एकेडेमी सेकेण्डरी स्कुलका विद्यार्थीले म्हः पुजा (आफ्नो शरीरको आफैंले गर्ने पुजा) गरेका छन्। नेवारी परम्पराअनुसारको म्हः पुजामा प्ले ग्रुपदेखि युकेजीसम्मका सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।
विद्यार्थीलाई सहभागी गराई हिन्दु धर्मसंस्कृति अनुसारका चाडपर्व व्यवहारिक रुपमा मनाउन स्कुलले यो वर्षबाट म्हः पुजा सुरु गरेको विद्यालयका भाइस प्रिन्सिपल ममता शाहले जानकारी दिइन्। शिक्षिका मन्दिरा बुढाथोकी र सुवर्ण धौगोडाले कार्यक्रम संयोजन गरेका थिए।
आत्मा शान्ति, स्वास्थ्य र दीर्घायुको कामना सहित नेवार समुदायको नयाँ वर्षको अघिल्लो साँझ अर्थात तिहारमा गोर्वधन पुजाको साँझ म्हः पुजा गर्ने गरिन्छ ।
साना विद्यार्थीलाई सहभागी गराई विद्यालयले काग तिहार, कुकुर तिहार, गोवर्धन पुजा, देउसी भैलोको साथै भाइटिका समेत मनाउने गरेको शाहले बताइन् ।
:867 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव