आठ विषयमै ए–प्लस, सागरद्वारा नेपाल टपको दाबी

भक्तपुर ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबै विषयमा ए–प्लस ल्याएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटको प्रिसियस पब्लिक इङ्गलिस स्कुलका छात्र सागर वैद्यले आठ वटै विषयमा एप्लस ल्याएका हुन् ।
सिम्बोल नं.०२८४४२१ ‘जी’ का वैद्य २०७४ सालको एसईईमा सम्मिलित भएर सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ । प्यूठान नगरपालिका–७ टिकुरी जन्मेर कक्षा २ सम्म मेरा प्रा.वि. टाकुरा चौर, कक्षा ७ सम्म प्यूठान भ्याली एकेडेमी, प्यूठान न.पा.–२ मा अध्ययन गरी कक्षा ८ देखि भक्तपुरको उक्त विद्यालयमा अध्ययन गरेका थिए । उनका बाबु स्वास्थ्य अधिकृत र आमा गृहिणी हुन् ।
सानैदेखि कक्षा प्रथम हुने गरेका उनी तीक्ष्ण बुद्धि, लगनशील, अनुशाशित तथा मेधावी छात्र भएको विद्यालय प्रधानाध्यापक भोला चौधरीले बताए ।
परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको नतिजा अनुसार सबै विषयमा एप्लस ग्रेडसहित जिपीए ४ प्राप्त गरेपछि नेपाल प्रथम भएको विद्यालयले दाबी गरेको छ ।
:966 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव